शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर २’ले बम्पर ओपनिङ गरेको छ । समिक्षकहरुको पनि गतिलो प्रतिक्रिया पाएको चलचित्रले पहिलो साता निकै गज्जबको ब्यापार गरेको हो ।
चलचित्रका निर्माता सुनिल कुमार थापाका अनुसार चलचित्रले देशभरबाट तीन दिनमा नै लगानी उठाईसकेको छ । उनी भन्छन्, ‘फिल्मले ३ दिनमा नै लगानी उठाएर चौथो दिनदेखी नाफाको ब्यापार गर्न थालिसकेको थियो ।’ चलचित्रको कमाईबारे हामीसँग कुरा गर्दै निर्माता थापाले भने, ‘आजको दिनसम्ममा चलचित्र ‘ए मेरो हजुर २’ ले ४ करोड भन्दा माथीको ग्रस कलेक्सन गरिसकेको छ ।’ हामी नेपालकै ब्यापारबाट गज्जबको नाफा गर्न सफल भईसकेका छौँ ।’
नायक सलोन बस्नेतको अभिनयलाई एकदमै धेरै रुचाईएको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनिया, अम्बर सुवेदी, अनुभव रेग्मी, अजश्र ढुंगाना, वुद्धि तामाङ, अनुराग कुँवर लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रलाई सुहाना इन्टरटेनमेन्टको ब्यानरमा झरना थापाका पति सुनीलकुमार थापाले निर्माण गरेका हुन् ।
The post दोश्रो सातामा ‘ए मेरो हजुर २’, गर्यो यतिको कमाई appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.