दोलखा भीमसेनको शिलामा पसिना ! देशमा अनिष्टको संकेत, कुन सालमा आउदा के भएको थियो ?

दोलखा, १० असोज । दोलखाको प्रसिद्ध भीमेस्वर मन्दिरको शिलामा पसिना आएको छ । मंगलबार दिउँसो २ बजेर ५५ मिनेट जाँदा भीमेस्वर मन्दिरमा रहेको शिलामा पसिना आएको हो ।

भीमसेनलाई पसिना आएपछि मन्दिर परिसरमा ठूलो सँख्यामा स्थानीय भेला भएका छन् । भीमसेनको शिलामा पसिना आएपछि स्थानीयवासी भेला भएर घण्टा र नगरा बजाउँदै कुनै अनिष्ट नहोस् भनेर कामना गर्ने र शिलालाई पँखाले हम्किने चलन छ ।

भीमसेनको शिलाको दायाँबाट पसिना आउँदा राष्ट्र, राष्ट्रप्रमुख, सरकारलाई र बायाँबाट पसिना आउँदा जनातामा अनिष्ट हुने प्रचलन रहेको छ ।

शिलामा पसिना आएको ६ महिना भित्र केहि न केही देशमा ठुला घटनाहरु भएको दावी गरिदै आएको छ । भिमसेनको शिलामा पहिलो पटक १९९० सालमा पसिना आएको थियो त्यस पटक भिमसेनको वायाँतर्फ पसिना आएकोले देशमा ठूलो भूकम्प गई जनतामा जनधनको क्षेति भएको स्थानीयहरू बताउछन ।

त्यसैगरी २०३५ साल फाल्गुणमा पसिना आउदा देशमा जनमत सग्रह भएको थियो । २०४५ साल चैत्रमा पसिना आउदा देशमा ३० वर्षे पञ्चायती व्यवस्थाको अत्य भइ देशमा बहुदलिय प्रजातन्त्र आएको थियो ।

२०५७ सालमा भने माघ १ र १५ गते भिमसेनलाई पसिना आएको थियो यसरी पसिना आएको ४ महिना नवित्दै दरवार हत्या काण्ड हुन भएको थियो ।

त्यसैगरी २०६१ साल फाल्गुणमा भिमसेनलाई पसिना आउदा देशमा जन आन्दोलन भयो । २०६३ सालमा पनि भिमसेनलाई पसिना आएको थियो र देशमा लोकतान्त्रीक व्यवस्था स्थापना भएको थियो ।

यस अघि २०७१ साल मँसिर ३० र फागुन १३ गते गरी एकै बर्ष दुई पटक पसिना आएको थियो । भिमसेनलाई पसिना आएको पछिल्लो बर्ष अर्थात २०७२ साल बैशाख १२ गते नेपालमा विनाशकारी भुकम्प गएर करिव ९ हजार मानिसको मृत्यु भएको थियो ।

The post दोलखा भीमसेनको शिलामा पसिना ! देशमा अनिष्टको संकेत, कुन सालमा आउदा के भएको थियो ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.