हाँस्यकलाकार दिपाश्री निरौलाले आफ्नो विवाह अब नहुने नै घोषणा गरेकीछिन् ।
उनले भनेकीछिन्,‘ज्योतिषले भविष्य निर्माणमा लाग्नु भन्नुभएको छ, हुन त विवाह गरेर पन आफ्नो करियर बनाउन सकिन्थ्यो होला तर जुरेको छैन । कसरी विहे गर्नु ? विहे भन्ने कुरा कहिले होला कसरी होला ? त्यो फरक कुरा हो । म प्रकृतिको विरोधी होईन। तर भावीले मेरो विवाह लेखेकै छैन।’
नेपाली रेडियो नेटवर्कको नियमित कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलाले निरौलासँग गरेको कुराकानीको सम्पादित अंश
दशैं कत्तिको लाग्यो नि ?
व्यस्त छु । रातभरी छक्का पञ्जाको काम आजको दिनमा पनि चलचित्रकै काममा छु ।
रातभरी के काम गर्नुभयो ?
मिक्सिङ्को काम थियो । ११ गते प्रदर्शनको मिति आईसकेको कारण पनि हामी तिव्र गतिमा काम गर्दैछौँ । छक्का पन्जा–२ को प्रतिक्षामा दर्शक हुनुहुन्छ । त्यही भएर पनि हामी अझै व्यस्त छौँ ।
छक्का पन्जा–२ को सबैभन्दा राम्रो पक्ष के हो बताउनुुस् त, जनता जान्न चाहन्छन् ?यसको स्टोरी नै हो । सवल पक्ष कथामा हुन्छ ।
अनि कलाकारको भूमिका कस्तो छ नि ?
राम्रो छ। सबैले मन पराएको कलाकार हुनुहुन्छ । बैदेशिक रोजगारी नै यस चलचित्रको मुख्य थिम हो । बैदेशिक रोजगारमा जाँदाका अनेक पीडाहरुलाई हामीले दृश्यमार्फत देखाउने प्रयास गरेका छौँ।
यो चलचित्रमा तपाई आँफैले गीत गाउनुभएको छ ?
गीत गाउन त गाएकी छैन। समावेस गीत गाउन सक्छु । निधारमा रातो टिका कानमा जमरा, भन्ने बोलको गीत मज्जाले गाउन सक्छु ।
चाडवाडको बेला घरपरिवारको जमघट हुन्छ र तपाईको चलचित्र पारिवारिक छ कि छैन ?
छ । हाम्रो चाहना पनि यही हो ।
कत्तिको हेर्लान दशैंको बेलामा चलचित्र ?
धेरै माया गर्नुहुन्छ। यो वर्षपनि हामीले फूलपातिको दिन प्रर्दशनको मिति लिएका छौँ । राम्रै हुन्छ।
व्यापार राम्रै होस भन्ने चाहना छ ?
व्यापार त त्यस्तै हो । ऋषिदाई पैसा भन्दापनि दर्शकको माया चाहिन्छ ।
पैसा पनि त चाहिन्छ नि होईन र ?
पैसा पनि चाहिन्छ । तर विषय बस्तु टुलो कुरा हो । पैसा भन्दा हाम्रो साम्रागी बढि हुनुपर्यो ।
नेपाली चलचित्र हेर्न काम बढेको हो ?हो । पक्कै पनि पछिल्लो समयमा नेपाली चलचित्र हेर्ने दर्शकको संख्या बढ्दै छ। पहिले हलमा गएर नेपाली चलचित्र हेर्ने काम हुँदैन थियो । आजभोलि सबै चलचित्रहरुलाई हेरि दिनु भएको छ । यो नै हाम्रो सफलता हो । हलिउड र बलिउड नहेरेर नेपाली चलचित्र हेर्नेको संख्या बढेको छ। हिन्दि चलचित्रलाई रोक लगाउनु पर्छ भन्नेमा म छैन । दर्शकलाई तुलना गर्नको लागि छोडि दिनुपर्छ । राम्रो चलचित्र निमार्ण गर्ने हो भने दर्शकले नेपाली चलचित्र नै हेर्नेमा दुईमत छैन् ।
दिपकराज गिरी र दिपाश्री निरौलाको जोडि कहिलेसम्म रहन्छ ?
सदा रहिरहन्छ । दर्शकको माया रहेसम्म रहनेछ । हाम्रो क्रियशनलाई रुचाएसम्म रहनेछ। हामीले काम गरेको मन पराउनुभएको स्थितिमा अविरल बग्दछ ।
उसो भए तपाईहरुबीच कहिल्यै विवाद हुँदैन ?
हामी बीचमा कुनै त्यस्तो विवाद हुँदैन । चलचित्रको काम गर्दा हाँसेरै गछौँ । कुनै मतमतान्तर छैन ।
तपाईको विवाह गर्ने उमेर भयो नि ?
तपाई केटा खोजिदिनुस् न । म ज्योतिष र भाग्यको भरपर्ने मान्छे हो ।
ज्योतिषले के भन्नु भएको छ नि ?
ज्योतिषले भविष्य निर्माणमा लाग्नु भन्नुभएको छ ।
विवाह गरेर पनि यो काम गर्न सक्नु होला नि ?
सकिन्थ्यो होला तर जुरेको छैन । कसरी विहे गर्नु ? विहे भन्ने कुरा कहिले होला कसरी होला ? त्यो फरक कुरा हो । म प्रकृतिको विरोधी होईन।
कहिले आउँछ त त्यो दिन ?
आउला नि । एउटा नारीको विवाह हुनुपर्छ भन्ने सबैको चाहना हुन्छ । मेरो पनि चाहना छ ।
तपाईलाई सबै भन्दा मन पर्नेमान्छे दिपकराज गिरी नै हो नि ?
हाहाहा..उहाँसँग त अहिले यति काम गरिरहेको छु । मन नपर्ने कुरा हुन्छ र ? उहाँलाई मैले मन नपराए कसले मन पराउछ र ? बाँचुञ्जेलसम्म उहाँसँगको सम्बन्ध टु्ट्दैन् ।
The post दिपाश्री निरौला भन्छिन् : ‘म बाँचुञ्जेल दिपकसँगको सम्बन्ध टुट्दैन्’ appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस
Thanks.