पशुपतिनाथमा ‘कलि’को मूर्ती पुरै निस्किएपछि संसार ध्वस्त हुने !

हिन्दूकाशास्त्रमा उल्लेख भएअनुसा ब्रम्हाण्डमा चार ओटा युग हुन्छ । पहिलो सत्य युग दोस्रो द्वापर युग तेस्रो त्रेता युग र चौथो कलि युग । हिन्दुलाई मान्ने हो भने अहिलको सयम कलियुग अन्तर्गतको कालखण्ड हो । जसलाई शास्त्रले अन्तिम युग भनेको छ ।

तर, विभिन्न पुराणहरुमा युगहरुको समय फरक फरक उल्लेख छन् । चार युग मध्येको पहिलो युग सत्य युग हो । धर्मशास्त्रहरुमा कलियुगपछि पुनः सत्य युगको शुरुवात हुने उल्लेख छ ।

कलि युगको अन्त्यसँगै संसार ध्वस्त हुने र नयाँ संसार श्रृजना हुने विश्वास गरिन्छ । कलि युग ४ लाख ३२ हजार वर्षको हुने उल्लेख गरिएको छ । तर, यो युगको समय पनि शास्त्र अनुसार फरक छन् । १२ सय दिव्य वर्षको एक कलियुग मानिएको छ । कलियुग चौथो युग हो । शास्त्रहरुका अनुसार महाभारत युद्ध ३१३७ ईसा पूर्वमा भएको थियो । कृष्णको यो युद्धको ३५ वर्षपछि देहान्त भएको थियो, जसपछि कलियुगको आरम्भ भएको विश्वास लिइन्छ ।

कलि युगमा भगवान विष्णुको दशौं अवतारको रुपमा कल्किको प्रभाव रहेको विष्णु पुराणमा उल्लेख गरिएको छ ।
हिन्दुहरुको अराध्यदेव पशुपतिनाथ मन्दिरमा कलिको मुर्ति रहेको बताइन्छ । पशुपतिनाथ मन्दिरको पछाडिपट्टि ‘विरुपाक्ष’ को मुर्ति रहेको छ । यस मुर्तिलाई नेपालमा ‘कलिको मुर्ती’ का रुपमा मानिएको छ । विरुपाक्ष भगवानलाई शिवको मानवस्वरुप मानिन्छ

पशुपति जाने जो कोही पनि एक पटक विरुपाक्षको मुर्ति हेर्न पुग्छन् र कलि बाहिर निस्किरहेको बताउँछन् । श्रुतिहरुका अनुसार यो मुर्ती जमिनको सतहबाट विस्तारै माथि सर्दै आइरहेको छ । जब यो मूर्ती जमिनबाट पूर्णरुपमा माथि आउँछ त्यसपछि यो संसारको अन्त्य हुने विश्वास गरिएको छ । कलियुगको समाप्तिपछि यो मुर्ति फेरि जमिनमुनि पुरिने र निस्कदै जाने विश्वास गरिएको छ । पुराणहरुका अनुसार कलियुगको अन्त्य भने भगवान विष्णु कलियुगको अन्तिममा कल्किको रुपमा देवदत्त नाम गरेको घोडामा चढेर संसारमा आउने र पापिहरुको विनाश गर्नेछन् । विभिन्न धार्मिक ग्रन्थ र एजेन्सीको सहयोगमा

The post पशुपतिनाथमा ‘कलि’को मूर्ती पुरै निस्किएपछि संसार ध्वस्त हुने ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.