भोलिदेखि सोह्र श्राद्ध शुरु, पितृपक्षमा गर्न नहुने कुरा यी हुन्

काठमाडौं, २० भदौ — भोलि बुधवारदेखि पितृपक्ष शुरु हुन्छ । यसबेलामा केही काम अवश्य गर्नुपर्छ र केही काम पटक्कै गर्नु हुँदैन । यी कुरामा ध्यान दिनुस् ।

श्राद्ध आफ्नै घरमा गर्नुपर्छ, अर्काको घरमा गर्न निषेध छ ।

श्राद्धमा तीन वस्तु पवित्र मानिन्छ : छोरीको छोरा (नाति), दिनको आठौं भाग र कालो तिल ।

श्राद्धमा तीन प्रशंसनीय कुरा छन् : बाहिरी र भित्री शुद्धता, क्रोध नगर्ने र हतार नगर्ने ।

श्राद्धकालमा गीता, भागवत, पितृसूक्त, पितृसंहिता, रुद्रसूक्त, ऐन्द्रसूक्त आदि पाठ गर्नु बुद्धि, मन र कर्म तीनै कुराको शुद्धिका लागि फलप्रद छ ।

श्राद्धमा प्रयुक्त पवित्र मन्त्र यी हुन् :
ऊँ क्रीं क्लीं ऐं सर्वपितृभ्यो स्वात्म सिद्धये ऊँ फट् ।

ऊँ सर्व पितृ प्रं प्रसन्नो भव ऊँ ।

ऊँ पितृभ्यः स्वधायिभ्यः स्वधानमः पितामहेभ्य स्वधायिभ्यः स्वधा नमः । प्रपितामहेभ्य स्वधायिभ्य स्वधा नमः अक्षन्न पितरो मीमदन्त पितरोतीतृपन्त पितरः पितरः शुन्दध्वम् । ऊँ पितृभ्यो नमः पितराय नमः ।।

श्राद्धमा गर्न नहुने काम
पद्मपुराण तथा मनुस्मृतिका अनुसार श्राद्ध देखाउनका लागि गर्ने होइन, गुप्त रूपमा गर्नुपर्छ । धनी हुनुहुन्छ भने पनि श्राद्धमा धेरै खर्च र देखावटी नगर्नुस् अनि भोजनको माध्यमबाट मित्रता र सामाजिक तथा व्यापारिक सम्बन्ध स्थापित नगर्नुस् ।

श्राद्धको दिन घरमा दही नमथ्नुस् ।

श्राद्धकै दिन कपाल नकाट्नुस् । अघिल्लो दिन मुण्डन नगर्नुस् ।

महाभारतका अनुसार भन्टा, गाजर, मसूरोको दाल, रहर, लौका, हींग, प्याज, लसून, बीरे नून, जामुन, सुपारी, सर्स्युँ र चनाको प्रयोग निषिद्ध छ ।

पितृपक्षमा कुनै पनि मांगलिक तथा शुभ काम गर्न वर्जित छ । यतिखेर कुँवा निर्माण, देव प्रतिष्ठा वा कुनै प्रयोजनका लागि व्रत, उत्सव, उद्यापन र वधू प्रवेश लगायतका कार्य गर्नु हुँदैन ।

घरमा रंग लगाउन, नयाँ कपडा किन्न, घर, विवाह र विवाहको कुरा झिक्न वर्जित छ । भूमि पूजन, इनार पूजा, संन्यास ग्रहण, व्यापारको श्रीगणेश आदि श्राद्धपक्षमा गर्नु हुँदैन । lokaantar

The post भोलिदेखि सोह्र श्राद्ध शुरु, पितृपक्षमा गर्न नहुने कुरा यी हुन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.