५ हजारमा एउटा मेवा बेच्थे बाबा, यस्ता छन् भक्तलाई ठग्ने अनौठा तरिकाहरु

चण्डीगढ। २० वर्षको जेल सजाय काटिरहेका बाबा राम रहीमका विषयमा अनेकौं नयाँ नयाँ तथ्यहरु सार्वजनिक भइरहेका छन् । यही क्रममा बाबा राम रहीमले एउटा मेवालाई मात्रै ५ हजार रुपैयाँमा बेच्ने गरेको खुलासा भएको छ । आफ्ना भक्तलाई आफू भगवानको दूत भएको बताउने बाबा राम रहीमले यसैको फाइदा उठाएर भक्तहरुलाई ब्ल्याकमेल गर्ने गरेको खुलासा भएको हो ।

बाबा राम रहीमको डेरा करिब ७ सय एकडमा फैलिएको छ । यहाँ सयौं एकडमा खेती हुने गरेको छ । बाबाको मण्डीमा यतिसम्म महंगो तरकारी बेचिन्थ्यो त्यति महंगो संसारको कुनै पनि मण्डीमा थिएन होला । बाबा राम रहीमले भगवानको नाममा भक्तहरुलाई तरकारी र फलफूल बेच्ने गर्थे ।
यहाँ एउटा हरियो खुर्सानी एक हजार रुपैयाँको, एउटा सानो भान्टा १ हजार रुपैयाँ पथ्र्यो । भाण्टा ठूलो भयो भने त्यसको मूल्य २ हजार पथ्र्यो । केराउको पाँच दानाको एक प्याकेटलाई एक हजार रुपैयाँ पथ्र्यो । आधा किलो केराउ किन्दा त्यसको मूल्य लाखमा पर्न जान्थ्यो । बाबाले एउटा मेवालाई ५ हजारमा बेच्ने गर्थे । बाबाले दुई टमाटरको २ हजार रुपैयाँ लिन्थे ।

भक्तहरु बाबाका यतिसम्म अन्धभक्त थिए कि बाबाका यी तरकारी र फलफूलहरु कुनै पनि मूल्यमा किन्थे । भक्तहरु भन्थे हाम्रा पिताले आफ्नो हातले यी तरकारी र फलफूल फलाएका हुन् । यी खाँदा हामीलाई कुनै रोग लाग्ने छैन । अन्धभक्ति यतिसम्म थियो कि बाबाको तरकारीको स्वाद जो कोही चाख्न चाहन्थ्यो । परिवारका एक सदस्यलाई हजारौंको मूल्यमा एउटा केराउको दाना पाए ऊ आफूलाई धन्य सम्झिन्थ्यो । dcnepal

The post ५ हजारमा एउटा मेवा बेच्थे बाबा, यस्ता छन् भक्तलाई ठग्ने अनौठा तरिकाहरु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.