निरीक्षणमा पुगेका मन्त्रीले बनाए बाढी पीडितलाई निराश, धुर्मुसले दिलाए खुशी

जनकपुरधाम, ३० साउन— बिहिबारदेखि परेको अविरल वर्षापछि आएको बाढीले महोत्तरीमा हालसम्म तीनजनाको ज्यान लिएको छ ।
घरको आंगनमा बाढीको पानी पसेर ईटाहरु वगाउन थालेपछि सो निकाल्ने क्रममा जलेश्वर २ खैराचोकका १५ वर्षीया विक्की ठाकुरको आइतवार मृत्यु भएको थियो । त्यस्तै आइतबार देखिनै बाढीमा वेपत्ता भएका धनुषा घर भई जलेश्वर ८ बजराहीमा छोरीको घरमा बस्दै आएका ६५ वर्षीय शिव महराको शव सोमवार फेला परेको छ भने माछा मार्ने क्रममा वाढीले बगाएको लोहारपटटी १ का ईन्दल महराको शव समेत सोमवार फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिए ।

उनले हालसम्म तीनजनाको मृत्यु भएको पुष्टि गर्दै तीनसय ४७ जनाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको र ३१ सय भन्दा वढी घर डुवानमा रहेको बताए ।

आइतवारदेखि नै पानी पर्न केहि कम भएपछि सोमबारदेखि बाढीको प्रभाव कम हुने क्रममा रहेको भएपनि प्रभावितहरु राहतको पर्खाइमा रहेको छ । पीडितले सरकारी तबरबाट कुनै राहत उपलब्ध हुन नसकेका गुनासो गरेका छन् ।

मन्त्रीले बनाए निराश
राहतको आशमा बसेका पीडितलाई आफ्नै जिल्लाका मन्त्रीले थप पीडा दिएका छन । शिक्षामन्त्री गिरीराजमणि पोखरेलको हेलिकप्टर सदरमुकाम जलेश्वरको आकाशमा घुमिरहदा राहत आएको आश सहित पीडित हेलिकप्टर अवतरणको स्थानसम्म पुगेका थिए । तर, त्यहाँ मन्त्रीले कुनै राहत लगेका थिएनन् बरु आश्वासनको पुलिन्दा बाँड्दै फर्किए । मन्त्रीले आश्वासन बाँडेर फर्किएसँगै आफूहरु खिन्न भएर फर्किनु परेको एक पीडितले बताए ।

सदरमुकामका अधिकांश भाग डुवानमा रहेको वेला महोत्तरीकै निर्वाचत सांसद समेत रहेका पोखरेल जलेश्वर स्थित अल्हेव्स स्कुल प्रांगणमा हेलिकप्टरबाट अवतरण गरेका थिए । मन्त्री पोखरेल महेन्द्र आदर्श महिला मा.वि.मा सेल्टर गरि वसेका वाढी पिडितको अवस्था बुझ्दै सहयोग गर्ने आश्वासन दिएर काठमाडौं फर्किएका थिए ।

मन्त्री आउने र अस्पताल समेत निरिक्षण गर्ने आशमा मन्त्रीलाई भेट्न पुगेका जलेश्वर अस्पतालका स्वास्थ्यकर्मीहरु समेत मन्त्री अस्पताल नजाने भनेपछि निराश भएर फर्केका थिए ।

धुर्मुसले गरे सहयोग
मन्त्री आश्वासन बाँडेर हिँडेपनि धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस भने राहत वितरणमा पुगे । आईतवार महोत्तरीको भंगहा गाउँमा उनले राहत वितरण गरेका हुन् ।

महोत्तरीको बर्दिवासमै एकिकृत नमुना मुहसह वस्ती निर्माण गरेका धुर्मुसले मधेशको पीडा बुझेर सकेको राहत सामग्री बाँडेकोमा स्थानीयहरुले प्रसन्नता व्यक्त गरेका छन्

यस्तै धुर्मुसले जनकपुरका बाढी प्रभावित ८० घरपरिवारलाई पनि राहत वितरण गरेका छन् ।

जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा सोमबार बिहान उनले राहत वितरण गरेका हुन् ।

उनले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानी लगायतको खाद्यान्न समग्री वितरण गरेका हुन् ।

राहत बाँड्दै धुर्मुसले विपदको समयमा सहयोगी मनहरुले बाढी प्रभावितलाई सहयोग गर्नुपर्ने बताए । lokaantar

The post निरीक्षणमा पुगेका मन्त्रीले बनाए बाढी पीडितलाई निराश, धुर्मुसले दिलाए खुशी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.