बाढी पिडितको अवस्था देखेर, राहत बाँड्न गएकाहरुले आँशु थाम्न सकेनन्

साउन ३०, रौतहट। वीरगन्ज- सोमबार दिउँसो २० बोरा चिउरा, १५ बोरा भुजा र हजार पोका चाउचाउ बोकेर पर्साको बाढी पीडित गाउँ भेंलहाँ पुगेका हरिनारायण रौनियारको आँखा रसायो । राहत वितरण गरिरहँदा उनी एक्कासी भक्कनिएर भीडभन्दा टाढा पुगे।

दुई दिनदेखि चुल्हो नबलेको गाउँमा सरकारी संयन्त्रको कुनै राहत सामग्री पुगेको छैन । बाढीको पानी ओरालो लागेपनि घरसँगै भान्सा, अन्न, भाँडाकुडा सबै हिलाम्य छ । पेसाले निर्माण ब्यवसायी रहेका रौनियारले त्यहाँ लगेको चिउरा, भुजा र चाउचाउ पाउन स्थानीय पीडित परिवारका वृद्धदेखि बालकसम्म लुछाचुडी गरेका थिए । करिब २० वर्षे एक युवकले रौनियारलाई भने, ‘मलाई बेस्सरी भोक लागेको छ ।’ उनलाई खानेकुरा दिन लगाएपछि रौनियार बाँड्ने ठाउँबाट निस्किएका थिए । ‘कस्तो विडम्बना छ, अलिकति अन्न दानाको लागि मानिसहरु यसरी तछाडमछाड गर्नुपर्ने रहरले हो र ?’ रसाएका आँखा लुकाउँदै उनले भने, ‘यो बाध्यता, यो परिस्थिति कसले बुझिदिने ।’

उनका अनुसार बाढीले धेरै धनजनको क्षति गरेको छ । पीडित ठाउँका मानिसहरुको धैर्य बगाएर लगेको छ भोक र आवश्यकताले । पर्साका पचासभन्दा बढी बाढी प्रभावित गाउँमा पानी थमिसकेर पनि राहत सामग्री पुग्न सकेको छैन । गाउँगाउँमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले थोरै भए पनि राहत र उद्धारमा सघाएर स्थानीयको मनोबल थामेका छन् ।

‘बुढो भइसके यसरी बाढीले बिस्थापित कहिले पनि हुनु परेको थिएन्, बुहारी, ३ जना नाती नातिना छन् । अहिले स्कुलमा शरण लिएका छौं,’ पकाहाकी ६० वर्षीया बचीदेवी सोनारिनले भनिन् । उनले घरका सबै नोक्सान भएको बताइन् । बाढीले गाउँ नै तहसनहस भएपछि स्थानीय सत्तरी परिवारका करिब तीन सय जनाले उक्त स्कुलनमा रात बिताएका थिए

पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले ३ ठाउँमा राहत सामग्री वितरण गरेको बताए । बाँकी दुई ठाउँको सूचना पाएको उनले बताए । ती ठाउँमा मंगलबार राहत वितरण गर्ने बताए । source:.nagariknews

The post बाढी पिडितको अवस्था देखेर, राहत बाँड्न गएकाहरुले आँशु थाम्न सकेनन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.