उत्तर कोरिया जाँदै नेता नेपाल

काठमाडौं : एमाले नेता एवं पूर्वप्रधामन्त्री माधवकुमार नेपाल परराष्ट्र मन्त्रालयको आग्रहको बेवास्ता गर्दै शुक्रबार उत्तर कोरियाको राजधानी प्योङयाङ प्रस्थान गर्दै छन् ।एक कार्यक्रमको प्रमुख अतिथिका लागि नेता नेपाल सांसदहरू हरिबोल गजुरेल, छाया शर्मा, एकनाथ ढकालसहित प्योङयाङ जान लागेका हुन् । सांसदहरू भने बिहीबार नै त्यसतर्फ लागिसकेका छन् ।

उत्तर कोरियाले अमेरिका, दक्षिण कोरिया र जापानमाथि धावा बोलिरहेका बेला संयुक्त राष्ट्रसंघको एक सदस्य मुलुक नेपालका पूर्वप्रधानमन्त्रीको उत्तर कोरिया भ्रमण विवादास्पद बनेको छ । नेपालमा रहेका विभिन्न मुलुकका कूटनीतिज्ञले परराष्ट्र मन्त्रालयमार्फत भ्रमण समयानुकूल नभएको भन्दै नेता नेपाललाई उत्तर कोरिया भ्रमण रद्द गर्न आग्रह गरेका थिए । जवाफमा नेपालले नेपाल र उत्तर कोरियाबीच कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै पूर्वनिर्धारित कार्यक्रम भएकाले भ्रमण रद्द गर्ने मनस्थितिमा आफू नरहेको बताएका थिए ।

उनी ‘इन्टरनेसनल फेस्टिभल इन प्रेज अफ ग्रेटपर्सन्स अफ माउन्ट पिकेटु’ नामक कार्यक्रममा सहभागी हुन उत्तर कोरिया जान लागेका हुन् । उक्त कार्यक्रममा विभिन्न मुलुकका प्रभावशाली नेताहरूको उपस्थिति रहनेछ ।

नेपालले प्योङयाङमा हुने अन्तर्राष्ट्रिय कार्यक्रममा प्रमुख आतिथ्य स्वीकार गरेकोमा पश्चिमा मुलुकका कूटनीतिज्ञले परराष्ट्र मन्त्रालयका अधिकारीसँग असन्तुष्टि व्यक्त गरेका थिए । त्यसपछि परराष्ट्र मन्त्रालयका अधिकारीले नेपाललाई टेलिफोन गरी भ्रमणको उद्देश्यबारे चासो राखेको स्रोतले जनाएको छ । ‘विदेशी कूटनीतिज्ञले घुमाउरो पारामा नेपालको भ्रमण रोकिदिन आग्रह गरेका थिए’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले अन्नपूर्णसँग भने, ‘हामीले पूर्वप्रधानमन्त्री नेपाललाई नजानु त भन्न सकेनौं । तर, उत्तर कोरियाबारे राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायको धारणा अवगत गराएका छैाँ । बाँकी निर्णय उहाँकै हुनेछ ।’ स्रोतका अनुसार नेपाल भदौ ४ गते स्वदेश फर्कने कार्यक्रम छ ।annapurnapost

The post उत्तर कोरिया जाँदै नेता नेपाल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.