सर्बेन्द्र खनालले ठुलो रिक्स लिदै गरे यस्तो निर्णय, काठमाडौंमा हुने भयो खैलाबैला

काठमाण्डौ, २६ साउन । काठमाण्डौको ट्राफिक ब्यवस्थापनको भद्रगोल अवस्थालाई मिलाउंदै लगेका ट्राफिक प्रमुख सर्वेन्द्र खनालको पहलमा अर्काे एक नयां काम सुरु भएको छ । सवारी साधनको अत्याधिक चापका कारण काठमाण्डौको ट्राफिक ब्यवस्थापनमा कठिनाई भएकाले अब मालबाहक सवारी साधनलाई काठमाडौंको रिंगरोडमा गुड्न प्रतिवन्ध लगाइने भएको छ ।

ट्राफिक प्रहरी महाशाखामा बसेको ट्राफिकका प्रमुख सर्वेन्द्र खनाल र यातायात विभागका पुनःनियुक्त महानिर्देशक रुपनारायण भट्टराई सहितका उच्च अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाण्डौको सडकमा अत्याधिक सवारी चाप हुने समय विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म रिंगरोडमा मालबाहक सवारी चल्न रोक लगाउने निर्णय भएको यातायात ब्यवस्था विभागले जनाएको छ । पेट्रोल, ग्यास, पानी लगायत अत्यावश्यक सेवाका सवारीका हकमा भने यो निर्णय लागू हुने छैन ।

यस अघि ट्रफिक प्रमुख खनालले अन्तराष्ट्रिय विमान स्थलमा रहेका ट्याक्सी चालकले विदेशी पाहुनालाई ठगी गर्ने गरेको गुनासो आए पछि त्यसका ब्यवस्थापनका लागि युनिफर्मको ब्यवस्था गरेका छन् ।

काठमाण्डौमा चल्ने टिपरहरुमा गुण्डाको लगानी रहेको भन्दै त्यस्ता टिपर बन्द गराउने घोषणा यस अघि नै गरीसकेका छन् । खनाल ट्राफिक प्रमुख भएर आए पछि सडकमा ड्युटी गर्ने ट्राफिक कर्मचारीको ब्यवहारमा पनि निकै सुधार आएको छ ।

उपत्यकामा भित्रिने मालबाहक सवारीका लागि विभिन्न नाकामा पार्किङस्थल समेत ेकिएको छ । अब तोकिएको अवधिभन्दा अघि आउने सवारीले सो पार्किङ काटेर काठमाडौंतर्फ आउन पाउने छैनन् ।

पृथ्वीराजमार्ग हुँदै आउने मालबाहक सवारीलाई नौबिसे, गोदावरीतर्फबाट आउने ट्रकरटिप्परले धापाखेलमा अरनिको तथा वीपी राजमार्गबाट आउने सवारी साधनलाई बनेपामा पार्कीगंको ब्यवस्था गरीएको छ । नुवाकोट तर्फबाट आउने मालबाहक सवारीलाई झोर र मुडेमा रोकिनेछ । दक्षिणकाली नाका भएर आउने ट्रकरटिप्परलाई पनि पार्किङ स्थल तोकिएको छ ।

source:lightnepal

The post सर्बेन्द्र खनालले ठुलो रिक्स लिदै गरे यस्तो निर्णय, काठमाडौंमा हुने भयो खैलाबैला appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.