विश्वकै सबैभन्दा सुन्दरी ट्याक्सी ड्राइभर महिला

सवारी साधनमा हिडेको बेला ट्राफिक जाममा पर्दा निकै पट्यार लाग्छ । तर तपाईको ट्याक्सीको ड्राइभर सेक्सी र हट भए पक्कै तपाईलाई जाम पनि लामो लाग्दैन ।

फिलिपिन्सको राजधानीमा कुद्के एक ट्याक्सीमा यात्रा गर्ने यात्रुले जाम परेपनि दुख मान्दैनन् । किनकी उक्त ट्याक्सीकी चालक निकै सुन्दरी र आकर्षक छिन् ।

जसको केही सयमयता सामाजिक सञ्जालमा निकै चर्चा चुलिएको छ ।

२७ वर्षीय ट्याक्सी ड्रइभर जोयस ट्याडिओलाई संसारको सवैभन्दा सेक्सी ट्याक्सी ड्राइभरको रुपमा लिने गर्रिको छ । उनी ग्यामरका कारण चर्चामा छिन् । जसका कारण जाममा परेपनि यात्रुले आनन्द महसुस गर्ने उनको दाबी छ ।

उनका एक केटा साथीले उनलाई ट्याक्सी चलाउन सल्लाह दिएका थिए । सन् २०१६ को अक्टुबरदेखि उनले ट्याक्सी चलाउन सुरु गरेकी थिइन् ।

‘धेरै जसो यात्रु अचम्ममा पर्ने गरेका छन् जब उनीहरुले बुक गरेको ट्याक्सीमा मलाई पाउँछन्, म उनीहरुसँग खुलेर कुरा गर्छु र उनीहरुको सम्मान गर्छु । मेरा धेरै यात्रुले सेल्फी खिच्न अफर गर्छन् । जसलाई म स्विकार्छु । उनीहरुले मेरो तस्वीर सामाजिक सञ्जालमा हाल्ने गरेका छन्, म त्यसमा खुसी छु’ एक अन्तरवार्ताका क्रममा उनले भनिन् ।

मलाई यात्रुहरुले जति ध्यान दिनुहुन्छ त्यति मनपर्छ, उहाँहरुले मन पराएको महसुस गर्न रमाइलो लाग्छ । यात्रुहरुसँग फोटो खिचाउन मलाई अत्यधिक खुसी लाग्छ भने उनीहरुको प्रशंसा सुनिरहन मनलाग्छ,’ उनले भनिन् ।

‘धेरैजनाले मेरो नम्बर पनि माग्नुहुन्छ । यस्तो अवस्थामा म कुरालाई हाँसेर टार्छु । मैले कसैलाई पनि डेटिङ गरेको छैन किनभने ड्राइभर र पेसेन्जरबिच निकै कडा नियम तोकिएको छ,’ उनी भन्छिन् ।

उनको ट्याक्सीमा चढ्ने धेरै त उनलाई मोडलिङ गर्न सुझाव समेत दिने गरेका छन् । यसअघि पनि जापानी इकुटा कानाले ट्याक्सी चलाएर निकै चर्चा कमाएकी थिइन् । एजेन्सी

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.