विदेशमा मृत्यु भएकाका छोराछोरीले छात्रवृत्ति पाउने

२० साउन, रुकुम । वैदेशिक रोजगारीका क्रममा विदेशमै ज्यान गुमाएका व्यक्तिका छोराछोरीले छात्रवृत्ति पाउने भएका छन् । श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले त्यस्ता बालबालिकाका लागि छात्रबृत्ति रकम पठाएको छ ।

यहाँका १४ जना छात्रछात्रालाई छात्रवृत्तिबापत रु एक लाख १६ हजारको चेक जिल्ला शिक्षा कार्यालयमा आएको सूचना अधिकारी लालबहादुर घर्तीले बताए । एकजना उच्च माध्यमिकमा पढ्ने र १३ जना १ देखि १० कक्षासम्म पढ्ने छात्रछात्रालई उक्त छात्रवृत्ति प्रदान गरिने उनले बताए ।

सूचना अधिकारी घर्तीका अनुसार उच्च शिक्षा पढ्नेले रु १२ हजार नगद छात्रवृत्ति पाउनेछन् भने अरू १३ जनाले रु आठ हजारका दरले छात्रवृत्ति पाउनेछन् । छात्रवृत्ति पाउनेमा १० छात्रा छन् भने चार छात्र रहेको बताइएको छ ।

छात्रवृत्ति पाउने सबै रोजगारीका क्रममा विदेश गएर उतै मृत्यु भएकाका छोराछोरी हुन् । छात्रवृत्ति पाउने विद्यार्थीको नाम संकलन लगायतका निर्णय भइसकेकाले अबको केही दिनमा छात्रवृत्ति प्रदान गरिने शिक्षा कार्यालयले बताएको छ । यसरी वैदेशिक रोजगारीको सिलसिलामा तेस्रो मुलकमा गएर मृत्यु भएकाका छोराछोरीलाई छात्रवृत्ति आएको यो पहिलो पटक भएको घर्तीले बताए । रासस

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.