भीषण बाढीले हजारभन्दा बढी घर डुवानमा

राजविराज (सप्तरी) । अविरल वर्षाका कारण विभिन्न खोला तथा नदीमा आएको भीषण बाढीले सप्तरीका एक हजारभन्दा बढी घर डुबानमा परेको छ ।

बाढीबाट विभिन्न गाउँका करिब चार सय परिवार विस्थापित भएको प्रहरी प्रशासनबाट थाहा भएको छ । जिल्लाको खाँडो, जिता, मोहुली बिहुल र त्रियुगालगायत नदीमा आएको बाढीका कारण जिल्लाको दक्षिणपूर्वी र पश्चिमी भेकका गाउँपालिका र नगरपालिकाका घर डुबानमा परेका हुन् ।

राजविराजको मुख्य बजार क्षेत्रमा समेत तीन फिटसम्म पानी जमेको छ । सप्तकोशी नदीमा जलस्तर बढ्दै गएपछि कोशी ब्यारेजको ३३ ओटा ढोका खोलिएको छ । टापुमा अवस्थित गोबरगाढा बस्तीमा पानी पसेपछि स्थानीयबासिन्दा सुरक्षित गन्तव्यतर्फ जान थालेका छन् ।

बाढीको प्रवाह नरोकिएकाले पीडितलाई थप समस्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार तिलाठी कोइलाडी गाउँपालिका–५ कुशहा र बनरझुलाको वस्तीमा जिता नदीको बाढी पसेका कारण ३५० परिवार घर छाडेर सडक तथा सुरक्षित ठाउँमा बसेका बताइएको छ ।

त्यस्तै कोशीको बाढी पसेर हनुमाननगर कंकालनी नगरपालिका–७ र १४ को रमपुरा मल्हनियाँ र कोइलाडी तिलाठी गाउँपालिकाको तिलाठीमा ३१० घर डुबानमा परेको छ भने ५० परिवार विस्थापित भएका छन् । यसैगरी तिलाठी कोइलाडी, सकरपुरा र बेल्हीको करिब ४०० घरमा बाढी पसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै राजविराज नगरपालिका–१० विरौल गाउँ नजिक बाढीले बाँध भत्काउँदा डुमरी, शिवथान, देउरीभरुवा, पकरीसहितका वस्ती बाढीको उच्च जोखिममा परेका छन् । etajakhabar

The post भीषण बाढीले हजारभन्दा बढी घर डुवानमा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.