उत्तर कोरियाले अमेरिका माथी भिषण आक्रमण मिति नै तोक्यो,अब के गर्ला अमेरिकाले

काठमाडौँ। उत्तर कोरिया र अमेरिकाबीच तनाव चुलिइरहेकै वेला उत्तर कोरियाले प्रशान्त क्षेत्रको अमेरिकी भूभाग गुआमनजिक चारवटा क्षेप्यास्त्र प्रहार गर्ने योजना बताएको छ । गुआममा अगस्टको यसै साता चारवटा क्षेप्यास्त्रमार्फत हमला गर्ने तयारी गरेको उत्तर कोरियाको समाचार संस्था केसिएनएले बिहीबार जनाएको छ ।

ट्रम्पले उत्तर कोरियालाई ध्वस्त पारिदिने चेतावनी दिएको भोलिपल्ट प्योङयाङले अमेरिका आक्रमणको मिति नै तोकेको हो । बुधबार मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्योङयाङले कहिल्यै नदेखेको आक्रमणको सामना गर्नुपर्ने चेतावनी दिएका थिए । ट्रम्पको अभिव्यक्ति वाहियात भएको उत्तर कोरियाले टिप्प्णी गरेको छ । ‘ट्रम्पसँग वार्ताको सम्भावना छैन र अमेरिकालाई सैन्य बलले मात्र ठेगान लगाउन सकिन्छ,’ उत्तर कोरियाले भनेको छ । उत्तर कोरियाको चेतावनी सांकेतिक भएको र उसले गर्ने सम्भावित हमला कोरियाली शासकका लागि नै आत्मघाती हुने केही विश्लेषकले टिप्पणी गरेका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ

यस्तो छ उत्तर कोरियाको योजना

उत्तर कोरियाको सेनाले मध्य अगस्टसम्म अमेरिका आक्रमणको योजनालाई अन्तिम रूप दिई स्वीकृतिका लागि सर्वोच्च नेता किम जोङ उनसमक्ष पठाउने उत्तर कोरियाली सरकारी समाचार संस्था केसिएनएले जनाएको छ । केसिएनएले आर्मी प्रमुख किम राम ग्योमलाई उद्धृत गर्दै लेखेको छ, ‘अगस्टको मध्यतिर कोरियाली सेना ‘केपिए’ले प्रहार गर्ने ह्वासोङ–१२ रकेटहरू जापानको सिमाने, हिरोसिमा र कोइची क्षेत्रको आकाश काटेर गुआमनजिकैको समुद्रमा झर्नेछन् ।’

उत्तर कोरियाले प्रशान्त क्षेत्रको अमेरिकी भूभाग गुआमनजिक यसै साता चारवटा क्षेप्यास्त्रमार्फत हमला गर्ने तयारी गरेको त्यहाँकाे समाचार संस्था केसिएनएले जनाएको छ । ट्रम्पले उत्तर कोरियालाई ध्वस्त पारिदिने चेतावनी दिएको भोलिपल्ट प्योङयाङले अमेरिका माथि आक्रमणको मिति नै तोकेको हो ।
ती क्षेप्यास्त्र तीन हजार तीन सय ५६ किलोमिटरमाथि सम्म उडेर एक हजार ६५ सेकेन्डपछि गुआमबाट ४० किलोमिटरको दूरीमा रहेको समुद्रमा खस्नेछन् । मझौला र लामो दूरीका ती क्षेप्यास्त्र कोरियामा नै निर्माण गरिएका हुन् ।

किन गुआमलाई नै निसाना ?
यस टापुमा रहेका दुईवटा अखडामा पाँच हजार अमेरिकी सेना छन् । फलामको हुकको टुप्पोसमेत भनिने गुआम प्रशान्त महासागरबाट अगाडि बढ्न पनि रणनीतिक महत्वको क्षेत्र मानिन्छ । द्वितीय विश्वयुद्धपछि गुआमको महत्व घटेको थियो । तर, अमेरिकाले जापान र दक्षिण कोरियामा सैन्य आधार गठन गरेसँगै प्रशान्त क्षेत्रमा गुआमले अझै पनि रणनीतिक महत्व राख्छ । गुआमबाट अमेरिकाले एसियामा प्रभाव बढाउन खोजेको उत्तर कोरियाको बुझाइ छ ।

जापान र दक्षिण कोरियाको चेतावनी
प्योङयाङको घोषणाले यस क्षेत्रमा उत्तेजना निम्त्याएको र अन्तर्राष्ट्रिय समुदायको सुरक्षालाई चुनौती दिएको जापान सरकारका प्रवक्ता योसिहिडा सुगाले बताए । ‘हामी उत्तरको धम्की सहन सक्दैनौँ,’ प्रवक्ता सुगाले भने ।

गुआमका लागि उत्तरले प्रहार गरेको क्षेप्यास्त्रलाई जाापनले वैधानिक रूपमा नै नियन्त्रणमा लिने जापानका रक्षामन्त्री इटसुनोरी ओनोडेराले बताए । जापानले अमेरिका र उसको गठबन्धनलाई सहयोग गर्ने विधेयक हालै पारित गरेको छ । यसअघि आफ्नो क्षेत्रमा प्रहार भएका मिसाइललाई खसालिदिने अनुमति जापानी सरकारले सेनालाई दिएको थियो ।

उत्तरले क्षेप्यास्त्र प्रहार गरे तत्कालै कारबाही गर्ने दक्षिण कोरियाले चेतावनी दिएको छ । ‘हाम्रा सेनाले दिएको गम्भीर चेतावनीको हेक्का नराखी उत्तर कोरियाले उत्तेजना फैलाएमा अमेरिका र दक्षिण कोरियाको संयुक्त सेनाले उसलाई उचित जवाफ फर्काउनेछ,’ संयुक्त सेना प्रवक्ताले भने । चीनले कोरियाली प्रायद्वीपको समस्या जटिल मोडमा पुगेको भन्दै संयम अपनाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

शान्त हुन अमेरिकीलाई आग्रह

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले उत्तर कोरियाले अमेरिकालाई चुनौती दिन नसक्ने भन्दै अमेरिकी नागरिकलाई ढुक्क हुन आग्रह गरेका छन् । गुआममा बिहीबार बोल्दै टिलरसनले रसिया र चीनसहितको विश्वव्यापी ‘दबाब अभियान’ले प्योङयाङसँग ‘छुट्टै भविष्यबारे’ वार्ता हुने बताए । पछिल्ला केही दिनमै नाटकीय रूपमा घटनाक्रम विकसित नभएको भन्दै उनले अमेरिकीलाई रातमा शान्तसँग निदाउनसमेत आग्रह गरेका छन् ।

अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले प्योङयाङलाई आणविक कार्यक्रम बन्द गर्न चेतावनी दिएका छन् । अमेरिका र उसको गठबन्धन सेनाले प्योङयाङलाई सजिलै पराजित गर्ने रक्षामन्त्री म्याटिसले बताए । बुधबार मात्र ट्रम्पले अमेरिकी आणविक तागतको घमन्ड गर्दै उत्तरले यसअघि नदेखेको समस्या सामना गर्नुपर्ने चेतावनी दिएका थिए ।

गुआमवासीमा बढ्यो चिन्ता

उत्तर कोरियाले आक्रमण गर्ने चेतावनी दिएसँगै गुआम टापुका एक लाख ६० हजार अमेरिकीमा सुरक्षा चिन्ता बढेको छ । ‘यसपटक हामी चिन्तामुक्त छैनौँ किनकि उत्तर कोरियाले आक्रमणको मिति नै तोकेको छ । तर, गुआम अमेरिकी सेनाको अखडा भएकोले आक्रमणबाट जोगिने आशा छ,’ गुआमका एक स्थानीय भन्छन् ।

अमेरिकी सेनाले पर्याप्त सुरक्षा दिनेमा भने गुआमवासी ढुक्क हुन सकेका छैनन् । गुआमको सुरक्षा गर्न सन् २०१३ मा अमेरिकाले टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स (थाड) स्थापना गरेको थियो । थाडले शत्रुले प्रहार गरेको ब्यालिस्टिक मिसाइललाई निस्तेज पार्छ । अमेरिकाले बारम्बार यस क्षेत्रमा अत्याधुनिक युद्धपोत विमान पठाउने गरेको छ । अर्का स्थानीय जर्मिह टेनोरिस सम्भाव्य हमलाप्रति चिन्ता व्यक्त गर्छन् । थाडको प्रभावकारिताबारे उनी पनि ढुक्क छैनन् । उनी भन्छन्, ‘आणविक हमला हुँदा कसैले सुरक्षा प्रदान गर्दैन ।’ उत्तर कोरियाको बिहीबारको नयाँ चेतावनीले गुआमवासीमा त्रास बढेको गुआमका गभर्नर इड्डी काल्भोले बताए । ‘उनीहरूले आक्रमण गर्ने चेतावनीयुक्त सन्देश दिइरहेका छन् । यसले त्रास निम्त्याएको छ,’ उनले भने ।

बुधबारसम्म यहाँको जनजीवन सामान्य थियो । एसियाली मुलुकबाट घुम्न गएका जापानी र दक्षिण कोरियाली नागरिकहरू गुआमका विमानस्थलमा उत्रिरहेका छन् । रिसोर्टहरूमा कोठा पाउन अझै पनि मुस्किल छ । जुलाई महिनामा यो वर्षकै सबैभन्दा पर्यटक गुआम आएका थिए । ‘ग्राउन्ड जिरोमा स्वागत छ,’ उत्तर कोरियाको सम्भावित हमलाको हल्लाप्रति इंगित गर्दै एक भन्सार अधिकारीले गुआमको विमानस्थलबाट उत्रेका केही पर्यटकलाई बिहीबार भने ।

The post उत्तर कोरियाले अमेरिका माथी भिषण आक्रमण मिति नै तोक्यो,अब के गर्ला अमेरिकाले appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.