फेरि गयो शक्तिशाली भूकम्प

बेइजिङ, २७ साउन । दक्षिणी चीनको समूद्रको जलक्षेत्रमा ६.५ म्याग्नीच्युडको भूकम्प आएको समाचार छ । चिनियाँ भूकम्प सञ्जाल केन्द्रले शुक्रबार सो जानकारी दिएको छ ।

यस भूकम्पको विस्तृत विवरण र क्षति सम्बन्धि कुनै समाचार भने हालसम्म प्राप्त भएको छैन । यस अघि गत मङ्गलबार रातिमात्र पनि चीनमा ७.० र ६.३ म्याग्नीच्युडका दुई वटा शक्तिशाली भूकम्पको धक्का आएको थियो ।

दक्षिणपश्चिमी चीनको सिचुयान प्रान्तमा गत मङ्गलबार राति गएको भूकम्पमा परी २० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । सो भूकम्पमा परी ४३१ जना घाइते भएका थिए ।

कतिपय घर र संरचना भत्किाएकाले भग्नावशेषमा मानिस खोज्ने क्रम अझै पनि जारी रहेको पनि अधिकारीहरुले जनाएका छन् ।

यसैबीच सिचुवान क्षेत्र पर्टकीय इलाका भएकोले त्यहाँ रहेका ठूलो सङ्ख्याका पर्यटक अन्यत्रै लागेका छन् । त्यहाँबाट ६० हजार भन्दा बढी पर्यटक सो क्षेत्र छोडेर अन्त्रै लागेका समाचारमा जनाइएको छ । रासस÷सिन्ह्वा

The post फेरि गयो शक्तिशाली भूकम्प appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.