धुर्मुसले घरमै पुगेर दिए किरीया खर्च (भिडियो)

काठमाडौँ- तराईमा बाढी पिडितको राहात र उद्धारमा सक्रिय समाजसेवी एवं कलाकार सिताराम कट्टेल (धुर्मुस)ले दुई विपन्न परिवारलाई किरीया खर्च दिएका छन् । बाढीका कारण आफन्त गुमाएका मोरङका दुई विपन्न परिवारलाई उनले २५ हजारका दरले किरीया खर्च वितरण गरेका हुन् । बाढीले विराटनगर महानगरपालिका १९, घिनाघाट दलित बस्ती पुरै बगाउँदा उरा रिसीदेवले आफ्नी आमा गुमाएका थिए ।

पाल टाँगेर बसिरहेका उनीसँग आमाको किरीया गर्ने खर्च समेत नभएपछि धुर्मुस सुन्तली फाउण्डेशनले बस्तीमै पुगेर उनलाई २५ हजार रुपैँया प्रदान गरिएको हो । सो बस्तीका अधिकाँस घरहरु खोलाले बगाएपछि खान र बस्नको समेत निकै अभाव रहेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिएका छन् ।

यस्तै, मोरङ बुढीगंगा गाउँपालिकाका उमेश नेपालको किरीया गर्नका लागि पनि फाउण्डेशनले उनको परिवारलाई २५ हजार रुपैँया किरीया खर्च उपलब्ध गराएको छ । पत्रिका बेच्ने काम गर्दै आएका छोरो नै गुमाएको नेपाल परिवारलाई उनको घरमै गएर उक्त रकम प्रदान गरिएको हो ।
बाढी पश्चात तराईका थुप्रै बालबालिका, वृद्ध र महिलाहरु बिरामी छन् । उनीहरुको स्वास्थ्य उपचारका लागि मोरङमा फाउण्डेशनले विराटनगर जेसिस र अन्नपूर्ण मिडिया नेटवर्कसँगको सहकार्यमा स्वास्थ्य शिविर समेत सञ्चालन गरेको फाउण्डेशनका पोजेक्ट संयोजक अर्जुन न्यौपानेले बताएका छन् ।

यस्तै, फाउण्डेशनका अध्यक्ष कट्टेल विराटनगर विमानस्थलको हिलो सफा गर्न खटिएको नेपाली सेनालाई सघाउन र हौसला दिन समेत पुगेका थिए । बाढीका कारण तराईले राहात र उद्धारको ठूलो आवश्यकता महसुस गरिरहेको समयमा धुर्मुस तराई झरेका हुन् । भूकम्पपछि एकिकृत बस्ती निर्माणमा सक्रिय फाउण्डेशन बाढी पिडितलाई राहात वितरणमा पनि सक्रिय भएपछि सहयोगी मनको सहयोग आउने क्रम पनि बढेको छ । भिडियो

osnepal

The post धुर्मुसले घरमै पुगेर दिए किरीया खर्च (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.