भोजपुर – भोजपुरमा नवजात शिशु हत्या गरेको आशंकामा एक निजी विद्यालयका प्रिन्सिपल तथा शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ । दक्षिणी हतुवागढी गाउँपालिका २, घोडेटारका २८ वर्षीय कृष्ण राई र घोडेटारकै २६ वर्षिया रमिता राईलाई भर्खरै जन्मेको बच्चा मारेको आशंकामा घरैबाट प्रहरीले पक्राउ गरेको हो।
स्थानीय घोडेटार बजारमा सञ्चालनमा रहेको श्री हतुवा ईङ्लिस मिडियम बोर्डिङ स्कूलका प्रिन्सीपल समेत रहेका कृष्ण राई र सोही स्कूलमा अध्यापन गराइरहेकी शिक्षिका रमिता राईलाई बच्चा मारेको आशंकामा प्रहरीले खोजतलास गर्दा बच्चा मरेको अवस्थामा भेटिएपछि दुवैलाई शुक्रबार दिउँसो पक्राउ गरिएको हो।
बच्चाको हत्या भएको हो वा होइन भन्ने पुष्टि गर्न शनिबार बच्चाको शवलाई पोष्टमार्टमका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मात्र ती दुवैलाई आवश्यक कारवाही थालिने जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
रमिताको साथमा भएको गाउँलेले थाहा पाएपछि कृष्णलाई गाउँलेले नियन्त्रणमा लिएर सोध्दा रमिलाले बच्चा कृष्णकै भएको बताएकी थिइन् । त्यसपछि गाउँलेले प्रहरीलाई तत्काल फोन गरी खबर गरेका थिए। त्यसपश्चात प्रहरीले बच्चासहित दुवैलाई थप अनुसन्धानका लागि प्रहरी कार्यालय भोजपुरमा बुझाएको हो । बोर्डिङ स्कुलमा अध्यापन गराइरहेका दुवै शिक्षक र अविवाहित रहेको र उक्त घटनापछि दुईजनाबीच अवैध सम्बन्ध रहेको स्थानियवासीले दाबी गरेका छन् । घटनामा बच्चा आफूहरूले नमारेको र बच्चा स्वयम् नै मृत अवस्थामा जन्मेको उनीहरूको भनाई छ । बिहान चर्पी जाँदा पेट दुखेको र बच्चा त्यतिखेरै मरेकै जन्मेको रमिताको बयानमा उल्लेख भएको प्रहरीले जनाएको छ ।
साभार: नागरिक न्युज
The post भोजपुरमा प्रिन्सिपल र शिक्षिकाले मस्ती गरेर जन्मेको बच्चा मारेर फलेपछी … appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.