को भए कक्षा १२ मा विज्ञानतर्फवाट नेपाल टपर, दुवैको समान प्रतिशत

काठमाडौं,साउन २० – कक्षा १२ को आज सार्वजनिक विज्ञान संकायको परीक्षाफलमा सिसीआरसी कलेजको शैलजारत्न पाण्डे र सेन्टजेभियर्स कलेको निराकर सापकोटा नेपाल टपर भएका छन् ।

पाण्डे र सापकोटाले समान ८९ दशमलब ६ प्रतिशत ( 89.06) नजिता ल्याउन सफल भएका छन् । शुक्रवार साँझसम्म यसभन्दा धेरै प्रतिशत ल्याउनमा कसैको दाबी नपरेकोले उनिहरु नै उत्कृष्ठ नतिजा ल्याउनेमा परेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बिहान प्रकाशित परीक्षाफल अनुसार ७९.४४ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् । कुल ४४ हजार ८ सय ९७ परीक्षार्थी मध्ये ३५ हजार ६ सय ६८ विद्यार्थी उत्तिर्ण भएका छन् । जसमा नियमित तर्फ ३५ हजार ६ सय ६८ विद्यार्थीमध्ये २९ हजार ९ सय ५२ (७३.७७ )प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका हुन् ।

यस्तै आंशिकतर्फ ९ हजार ८ सय ४९ परीक्षर्थीमध्ये ४ हजार १ सय ३७ (४३.५९) प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।स्नातह तहमा मेडिकल, इन्जिनियरिङ लगायतका प्राविधिक विषय पढ्न चाहने विद्यार्थीको प्रवेश परीक्षा छिटो हुने हुनाले विज्ञान विषयको मात्र छिटो नतिजा प्रकाशन गरिएको परीक्षा बोर्डले जनाएको छ ।source:recentnepal

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.