दीपकराज गिरीले के गरे यस्तो, किन आयुष्मानको बारेमा खासै बोल्ने मुडमा नै छैनन् प्रियंका …

अभिनेत्री प्रियंका कार्की एक महिना भन्दा बढी समय अमेरिका बसेर फर्किइन् । सांकृतिक कार्यक्रम लिएर अमेरिका पुगेकी नायिका अमेरिका रहँदा चुप बसिन् । अरु बेलामा अमेरिका पुग्दा सामाजिक संजालमा खुबै सक्रिय हुने प्रियंका यसपटक भने चुप रहिन् ।

उनले, न त आफ्ना तस्बिर नै छिनछिनमा पोष्ट गरिन् न त प्रेमी आयुष्मान देशराजको बारेमा नै केही लेखिन् । प्रियंकाको यो बानीले धेरैलाई अचम्मित बनाएको थियो । नेपाल आएपछि पनि प्रियंकाले आयुष्मानको बारेमा खासै बोल्न नचाहेको बताउन थालेकी छिन् । नेपाल आएपछिका प्रियंका अभिव्यक्ति हेर्ने हो भने उनी आयुष्मानको बारेमा खासै बोल्ने मुडमा नै छैनन् । आयुष्मान र प्रियंकाको गसिपका कारण केही महिना चलचित्र क्षेत्र खुबै तात्यो । आखिर, एकाएक प्रियंकाको मुख कसले चुप गरायो त ?

प्रियंकाको मुख चुप गराउनुमा चलचित्र ‘छक्का पन्जा २’का मेकरको हात मुख्य छ । यो चलचित्र असोज ११ गतेबाट रिलिज हुँदैछ । प्रियंकाको प्रेम चर्चाले उनका फ्यान भड्किएको वुझाइ यो चलचित्रको निर्माण यूनिटको छ । यसैले पनि उनीहरुले प्रियंकालाई आयुष्मानसँगको प्रेमलाई धेरै चर्चामा नल्याउन आग्रह गरेका हुन् । प्रियंका पनि आयुष्मानसँगको प्रेमलाई गसिपमा ल्याएर ‘छक्का पन्जा २’को व्यापारमा असर परोस् भन्ने चाहन्न् । जसलेगर्दा, अहिले यो जोडीले यो कुरालाई गम्भिर रुपमा लिएको छ ।

प्रियंका र आयुष्मानको चर्चा धेरै हुँदा ‘छक्का पन्जा २’को व्यापारलाई असर पक्कै पनि पर्छ । यसैले, पनि यसका निर्देशक दीपाश्री निरौला र निर्माता तथा कलाकार दीपकराज गिरीले बेलैमा यो बिषयमा सोचेका छन् । onlinekhabar

The post दीपकराज गिरीले के गरे यस्तो, किन आयुष्मानको बारेमा खासै बोल्ने मुडमा नै छैनन् प्रियंका … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.