मलेसियामा अाइपर्याे यस्ताे अापत : लाखाै नेपाली कामदारहरू संकटमा..

काठमाडौं । मेलेसियाले सुरक्षा चुनौतिको रुपमा रहन सक्ने विदेशीमाथि धरपकड गरेर देश निकाला गर्ने गरी आजबाट अभियान सुरु गरेको छ । अवैधानिक रुपमा बसिरहेका विदेशीमाथि मलेसियाले फेरि धरपकड सुरु गरेको हो ।

यसले मलेसियामा अवैध रुपमा बसिरहेका नेपाली कामदारलाई पनि प्रभावित गर्ने छ । विभिन्न कारण भिसाको अवधि सकिएपनि सयौं नेपाली स्वदशे नफर्किएर मलेसियामै कार्यरत छन् ।

मलेसियाली प्रहरी र वैदेशिक रोजगार विभागले अन्तरगतको काउन्टर टेरोरिज्म डिभिजनको स्पेशल ब्रान्चका भुकिट अमानले नेतृत्व गरिरहेको टोलीले जलान मस्जिद इण्डिया क्षेत्रमा धरपकड अभियान चलाइरहेको छ ।

यो अभियानको मुख्य उद्देश्य भनेको वैधानिक कागजात बिना मलेशिया बसिरहेका विदेशीहरु पक्राउ गर्ने रहेको छ । अभियानले इराक, सिरिया जस्ता देशका आतंकवादीहरुसँग सम्बनध रहनेहरुलाई पनि धरपकड गर्ने र कब्जामा लिने भएको छ ।

पहिलो पटक चलाइएको यस अभियानमा वैदेशिक रोजगार विभागको स्पेशन एक्सन युनिट र जेनरल अपरेसन्स फोर्सको टाइगर प्लाटुन संलग्न रहेका छन् ।अनलाइन खबरकाे सहयाेगमा

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.