पूर्वरानी कोमलको शरीरमा गोली, ज्ञानेन्द्र अब थाइल्याण्डमै बस्ने !

काठमाडौं, ३२ साउन– धुँवा, धुलोमात्र हैन, राजनीतिक वातावरणदेखि बालबच्चाको पढाई पनि नसप्रिएपछि अब पूर्वराजाको परिवारले वैकल्पिक बसोबासको रुपमा थाइल्याण्ड रोज्ने भएको छ ।

एक महिनाअघि नै त्यता लागेकी हिमानी शाह भदौ २ गते शुक्रबार थाइ एयरको उडानबाट फर्कंदैछिन् । यहाँका विभिन्न महत्वपूर्ण कामहरु भ्याएर फेरि ११ गते त्यसतर्फ उड्ने योजना छ ।

उता थाइल्याण्डमा पूर्वराजा ज्ञानेन्द्रको विस्तृत स्वास्थ्य परीक्षण चलिरहेको छ । यही मौकामा दरबार हत्याकाण्डमा परेकी पूर्वराजनी कोमलको शरीरबाट गोली निकाल्ने प्रयास पनि हुँदै गरेको स्रोतले जनाएको छ ।

मोटाइसँगै मधुमेह र रक्तचाप बढेका कारण तत्काल गोली निकाल्न नमिल्ने, तर अझै केही वर्ष गोली भित्रै रहँदा त्यो क्रमशः क्यान्सर बनेर शरीर गाल्ने खतरा छ । अहिले तौल घटेको छ, तर मधुमेहको आक्रमणसँगै रक्तचाप स्थिर हुन नसक्दा समस्या आएको निर्मल निवास स्रोतले जनाएको छ । जनआस्था साप्ताहिकबाट

The post पूर्वरानी कोमलको शरीरमा गोली, ज्ञानेन्द्र अब थाइल्याण्डमै बस्ने ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.