विरामी दिलीप कुमारलाई भेट्न उनकै निवास पुगे शाहरुख खान

एजेन्सी, ३२ साउन । लामो समयदेखि अस्वस्थ भई अस्पतालबाट उपचार गरी घरमै स्वास्थ्यलाभ गरिरहेका दिलीप कुमारलाई भेट्न शाहरुख खान उनकै निवास पुगेका छन् । केही समय कुराकानीपछि शाहरुख खानले दिलीप कुमारलाई ओड्ने ओढाउँदै निधारमा चुम्बन गरेका थिए ।

शाहरुखले दिलीप कुमारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । सो अवसरमा दिलीप कुमार पत्नी सायरा बानो पनि सँगै थिइन् । शाहरुखले दिलीप कुमारलाई भेटेको र उनको निधारमा चुम्बन गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

जुन तस्बिर दिलीप कुमारले आफ्नो ट्विटर ह्यान्डलबाट सार्वजनिक गरेका छन् । सो तस्बिरलाई सायरा बानोले सेयर गर्दै लेखेकी छन्, ‘दिलीप साहब के मुह बोले बेटे शाहरुख खान उनसे मिलने आए, जिसकी कुछ तस्बिर मै सेयर कर रही हुँ ।’ शाहरुख आफ्नो अभिनयको प्रेरणा स्रोत दिलीप कुमारलाई मान्छन् । सोही कारण दिलीपले उनलाई छोराको जस्तो व्यवहार गर्ने गरेको बताइन्छ ।

अस्पतालबाट डिस्चार्ज भई घर लगेपछि दिलीप कुमारको स्वास्थ्यमा निकै सुधार आएको बताइएको छ । उनको मिर्गौलामा समस्या आएको र हिमोग्लोबिनको कमी देखिएको चिकित्सकहरूले जनाएका छन् ।

The post विरामी दिलीप कुमारलाई भेट्न उनकै निवास पुगे शाहरुख खान appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.