बन्दूकधारी एक समूहको आक्रमणमा कैयौँ भक्तजनको मृत्यु

लागोस (नाइजेरिया), २२ साउन । नाइजेरियाको एक क्याथोलिक चर्चभित्र प्रार्थना गरिरहेका मुश्लिम धर्मावलम्बी भक्तमाथि पहिचान नखुलेका केही बन्दूकधारीहरूको एक समूहले आक्रमण गर्दा कैयौँ व्यक्तिको मत्यु भएको र दर्जनौँ घाइते भएका एक प्रत्यक्षदर्शीले आइतबार बताएका छन् ।

ओजुबुलु क्षेत्रमा रहेको सेन्ट फिलिप्स क्याथोलिक चर्चभित्र बन्दूकधारी एक्कासी प्रवेश गरी पहिले एक जनालाई खोजेर गोली हानेका थियो ।

लगत्तै उक्त समूहका अन्य सदस्यले प्रार्थनामा ब्यस्त अन्य भक्तजनलाई पनि अन्धाधुन्ध गोली चलाएका प्रत्यक्षदर्शीले चिनियाँ समाचार संस्था सिन्ह्वा न्यूज एजेन्सीलाई बताए । घटना स्थानीय समय अनुसार बिहानै करिब ५ः४५ बजेको समयमा भएको बताइएको छ ।

उक्त समय चर्चभित्र करिब एक सय जना प्रार्थना गर्दै थिए । घटनास्थलमा दर्जनौं मानिस मारिएका थिए भने गोली लागि गम्भीर घाइते भएका केही जनाको नामदी अजिकिवे शिक्षण अस्पताल लाने क्रममा मृत्यु भएको थियो ।

घटनामा दर्जनौ घाइतेभएका बताइएको छ । उनीहरूलाई उपचारका लागि भर्ना गरिएको छ । source:radionepal

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.