चीन र भारत युद्ध नजिक पुगेकै हुन् ?

करिब महिना दिनदेखि भारत र चीनबीचको सीमा विवाद चर्किएको छ । भारत र चीनबीचको सीमा अन्तर्गतको ३५ सय किलोमिटर क्षेत्रमा यी दुई देश विवादीत बनेका हुन् ।

सीमा विवाद चर्केपछि सन् १९६२ मा भारत र चीनबीच युद्ध नै भएको थियो । सीमा विवाद दीर्धकालीन रूपमा समाधान नहुँदा दुई देशबीच बारम्बार तनाव बढ्ने गरेको छ । विवाद चुलिएपछि दुवै पक्षले सीमामा आ–आफ्ना सेनाको उपस्थिति बाक्लो बनाउँदै एकले अर्को पक्षलाई पछाडि हट्न आह्वान गरेका छन् ।

भारतीय सञ्चारमाध्यमहरुले भने चीनले भारतमाथि आक्रमणको योजना बनाएको दाबी गरिरहेका छन् । उनीहरुले चीनले सिक्किमलाई अर्को तिव्वत बनाउन खोजेको आरोप लगाएका छन् ।

चीनले भुटानसँग सीमा जोडिएको डोकलामदेखि चीनको डोङलाङसम्मको सीमा क्षेत्रमा सडक निर्माण गरेसँगै सीमा विवाद बल्झिएको हो । चीन, भारतको सिक्किम र भुटानबीच ‘जक्सन’ मानिने सो क्षेत्रमा भुटानको दाबीलाई भारतले समर्थन गरेको छ । सो सडक निर्माण पूरा भएमा भारतको रणनीतिक जोखिमको २० किलोमिटर क्षेत्र ‘चिकेन नेक’ मा चीनको पहुँच बढ्ने भारतको चिन्ता छ । चीनको सडक निर्माण समूहलाई भारतीय सेनाले रोकेको क्षेत्रीय विश्लेषक सुबिर बाहुमिकले बताए ।

भारतीय सीमा सुरक्षा गार्डले चिनियाँ पक्षको सामान्य गतिविधि अवरोध गरेको चीनको आरोप छ ।
दुवै देश सीमा विवादमा उत्रिएपछि सडक निर्माण रोकिएको छ भने चिनियाँ सेनाले भारतीय पक्षको केही चेकपोस्ट उडाइदिएको छ । जसले गर्दा दुई शक्ति सम्पन्न देशबीचको विवादे चर्को रुप लिएको छ ।

चीन र भारत दुवैले सीमा क्षेत्रमा सेना तैनाथ गरेका छन् । दुवै देशका सेना अहिले आमने–सामने र आँखा जुधाइको अवस्थामा छन् ।

चीनले सिक्किम हुँदै मानसरोवरका लागि हिँडेका ५७ भारतीय तीर्थयात्रीलाई फर्काइदिएको छ । यसअघि पवित्रस्थलमा विनारोकावट धर्मालम्बीलाई आवतजावत गर्न जान अनुमति दिने सहमति भएको थियो । यसैबीच, भुटानले पनि तत्काल सडक निर्माण कार्य रोक्न चीनसँग आग्रह गरेको छ । सडक निर्माणले दुई देशबीच विगतमा भएका सम्झौता उल्लंघन गरेको थिम्पुले जनाएको छ ।

सिक्किम रणनीतिक महत्वको क्षेत्र भएकाले त्यहाँबाट चिनियाँ अतिक्रमणविरुद्ध कारबाही चलाउन सकिने भारतीय सेनाको ठम्याइ छ ।सडक निर्माणले भारतलाई गम्भीर सुरक्षा खतरा निम्त्याउने भारतीय विदेशमन्त्रालयले जनाएको छ । त्यस्तै, रक्षामन्त्री अरुण जेइटले अहिलेको भारत र सन् १९६२ को भारतबीच आकाश जमिनको अन्तर भएको बताउँदै आफ्नो सीमा सुरक्षा गर्न भारत सक्षम रहेको बताएका छन् ।

विवादीत क्षेत्रमाथि आफ्नो अधिकार भएको बताउँदै चीनले भारतले अतिक्रमण गरेको आरोप लगाएको छ । सन् १९६२ को युद्ध स्मरण गर्न दिल्लीलाई चुनौती दिँदै अहिलेको चीन त्यतिवेलाको भन्दा कैयौँ गुणा शक्तिशाली भएको बेइजिङले जनाएको छ ।

सिक्किमको सीमा सन् १८९० मा ब्रिटिस सरकारसँगको सम्झौतामा टुंग्याइएको र भारतीय पक्षबाट भएको उल्लंघन ‘गम्भीर’ भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् । सडक परियोजनामा हस्तक्षेप गरेर भारतले भुटानको सार्वभौमसत्तालाई नजरअन्दाज गरेको आरोप चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ । lokaantar

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.