बलिउड अभिनेत्री क्याट्रिना कैफले आफू १८ वर्षको हुँदा सलमान खानसँग भएको पहिलो भेट अविस्मरणीय रहेको बताएकी छन्। सलमानले भने लामो समय आफ्नो प्रेमिकाको रुपमा चित्रित क्याट्रिनाको जन्मदिनबाहेक अरु कुरा आफूलाई जानकारी नभएको बताएका छन्।
आइफा-२०१७ मा एकसाथ देखिएका सलमान र क्याट्रिनाबीच अहिले कुनै प्रेम सम्बन्ध नभएपनि यी दुई एकअर्काका नजिकका साथी भएका छन्। भर्खरै क्याट्रिनाले इन्स्टाग्राममा सलमानसँगको तस्वीर पनि सेयर गरेकी छन्।
क्याट्रिना पहिलो पटक सलमानलाई भेट्दा मात्र १८ वर्षकी थिइन्। उनले आइफामा सलमानसँगको पहिलो भेटको बारेमा बताउँदै उक्त भेट आफ्नो जीवनको अविस्मरणीय घटना भएको बताइन्।
सलमानलाई पनि क्याट्रिनाको बारेमा सोधिएको थियो। क्याटरीनाबारे सलमानले भने, ‘क्याट्रिनाको जन्मदिन जुलाइ १६ मा पर्छ। उनीबारे मलाई यही कुरा मात्र सम्झना छ।’
क्याटरीना जुलाइ १६ अर्थात यही आइतबार ३४ वर्षकी हुँदैछिन्।
फिल्म ‘कैजाड गुस्ताद’बाट २००३ मा बलिउड प्रवेश गरेकी क्याट्रिना कैफको उक्त फिल्मले खासै चर्चा पाउन सकेन। उनको पहिलो हिट फिल्म २००५ मा सलमान खानसँग अभिनित ‘मैने प्यार क्युँ किया’ थियो। एजेन्सी
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.