होटलमा ३२ वर्षीय एक प्रहरी हवल्दार मृत अवस्थामा फेला

कैलाली, २९ असार । कैलालीको अत्तरिया बजारस्थित नेचुरल ब्युटी नाम गरेको होटलमा एक प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन् ।

भनजी नगरपालिका–१ मा स्थायी घर भई जोगबुढा इलाका प्रहरी कार्यालयमा कार्यरत ३२ वर्षीय प्रहरी हवल्दार शेरबहादुर बूढा आज बिहान करिब ३ बजे उक्त होटलको कोठा नं ५ मा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

बुधबार राति हवल्दार बूढा एक युवतीसंग सो कोठामा बसेको र अकस्मात् छटपटाएर ज्यान गएको साथमा रहेकी ती युवतीले बताएकी छिन् । प्रहरीको शव परीक्षणका लागि सेती अञ्चल अस्पताल लगिएको छ भने अनुसन्धानका लागि साथमा बसेकी युवतीलाई हिरासत राखिएको प्रहरीले जनाएको छ ।

एक भारतीय नागरिकसहित पाँच जना पक्राउ

कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरियाबाट युवती बेचबिखनको आशंकामा एक भारतीय नागरिकसहित अन्य पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो राति काठमाडौँबाट धनगढीतर्फ आइरहेको यात्रुबाहक बसमा भारतको भगवानपुर भन्ने ठाउँमा बस्ने २१ वर्षीय श्याम कुमार र साथमा काभ्रे नमोबुद्ध नगपालिका–५ घर भएकी १८ वर्षीय तामाङ थर भएकी एक युवतीलाई सुराकीका आधारमा पक्राउ गरेको मालाखेती इलाका प्रहरी कार्यालयले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रबाट दुई र अत्तरिया आसपासको क्षेत्रबाट तीन पुरुषलाई अनुसन्धानका लागि पक्राउ गरिएको मालाखेतीका प्रहरी प्रमुख हिक्मतबहादुर बोहराले जानकारी दिनुभएको छ ।

घटना शंकास्पद देखिएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । etajakhabar

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.