विदेशी भूमिमा चीनको पहिलो सैन्य बेस, भारतलाई चिन्ता

बेइजिङ – अफ्रिकाको जिबुटीमा चीनले नयाँ सैन्य बेस स्थापना गर्नका लागि चीनले सैनिकहरुले पठाएको बेइजिङको सरकारी मिडियाले जनाएको छ । विदेशी भूमिमा चीनको यो पहिलो सैन्य बेस हुनेछ ।

चीनले अफ्रिका र पश्चिम एसियामा शान्ति स्थापना र मानवीय सहायताका लागि यो बेसको प्रयोग गरिने बताएको छ ।

सिन्हवाका अनुसार यसलाई सैन्य सहकार्य, जल अभ्यास र उद्धार मिसनमा पनि प्रयोगमा ल्याइनेछ । चीनले पछिल्लो पटक अफ्रिकामा ठूलो मात्रामा लगानी गरिहेको छ भने आफ्नो सैन्य शक्तिलाई आधुनिकीकरण गरिरहेको छ ।

सिन्हवाका अनुसार दक्षिणी ग्वाङडोङ प्रान्तको जानजियाङ सहरबाट मंगलबार सैन्य जहाज जिवुटीका लागि प्रस्थान गरेको छ ।

हिन्द महासागरको उत्तर पश्चिमी सीमामा चीनले सैन्य बेस खडा गरेपछि भारत सशंकीत बनेको भारतीय मिडियाहरुले जनाएका छन् । भारतले यसलाई आफूलाई घेर्ने मालाको एक कडीको रुपमा लिएको बताइएको छ । चीनले यसअघि बंगलादेश, म्यानमार र श्रीलंकासँग पनि सैन्य सहकार्य गरिसकेको छ ।

बिबिसीका अनुसार चीन र जिबुटीबीच सहमति पछि सैन्य वेस निर्माण शुरु गरिएको थियो । गत वर्षदेखि नै सैन्य वेस निर्माण शुरु गरिएको बताइएको छ ।

जिबुटीमा यसअघि नै अमेरिका, जापान र फ्रान्सको सैन्य बेसहरु रहेका छन् ।

हर्न अफ अफ्रिका भनेर चिनिने क्षेत्रमा जिबुटी एउटा सानो देश हो । यो देश निकै व्यस्त जहाजको रुटको नजिक पर्दछ । निकै अस्थिर क्षेत्रमा यो देशलाई सबैभन्दा स्थिर मानिन्छ ।

सन् २०१५ मा भएको अफ्रिकी राष्ट्रहरुको सम्मेलनमा चीनले ६० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको थियो । महादेशको सबैभन्दा ठूलो व्यापारिक साझेदार बन्दै चीनले त्यहाँ पूर्वाधारको क्षेत्रको ठूलो लगानी गरिरहेको छ ।

सन् २०१५ मा चीनले पहिलो शान्ति मिसनको रुपमा दक्षिण सुडानमा शान्ति सैनिक पठाएको थियो ।एजेन्सी

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.