३५ वर्षका पुरुषले बच्चा जन्माए, यस्तो तस्बिर भाइरल

सुन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य घटना हो कि, एक पुरुषले बच्चा जन्माएका छन् । र बच्चालाई स्तनपान गराइरहेको उनको तस्वीर अहिले इन्टरनेटमा भाइरल भइरहेको छ । यो तस्वीरलाई एउटा आधुनिक परिवारको उत्कृष्ट तस्वीरको रुपमा समेत लिइएको छ ।

‘मेरो भाइको गर्भधारण र नयाँ अमेरिकी परिवार,’ अमेरिका बस्ने जेसिकाले यसै साता सामाजिक सञ्जालमा उक्त तस्वीर सेयर गरेकी थिइन् । तस्वीरमा एक पुरुषले स्तनपान गराइरहेको देखिन्छ । ती पुरुष ३५ वर्षीय इभान हेमेल हुन् ।

इभान हेमेल र उसका पार्टनरले सन् २०११ मा बच्चा जन्माउन टेस्टोरोन उत्पादन गर्न सक्ने बताएका थिए । दाताको वीर्यबाट कृत्रिम गर्भाधानपछि हेम्पेलले सन् २०१६ मा छोरा जन्माउन सफल भए । बच्चा जन्माउने विषयमा उनकी दिदी जेसिकाले अमेरिकाको प्रसिद्ध पत्रिका टाइममा अन्तर्वार्ता समेत दिएकी थिइन् । हेमेलले पनि बच्चा जन्माउने निर्णय जुवा खेल्ने निर्णय जस्तै भएको बताएका थिए ।

‘यो एउटा जुवा खेले जस्तै थियो,’ हेमेल भन्छन्, ‘मैले कस्तो महशुस गरे भन्ने बारेमा मलाई नै थाहा छैन । तर मेरो शरीरले यो काम गर्न सक्छ भन्ने लाग्थ्यो ।’ आफू गर्भवती भएको कुरा उनले ह्युमन रिसोर्सका प्रतिनिधिलाई बताएका थिए, तथापि यो आफैमा अनौठो थियो ।

उनी गर्भवती हँुदाको तस्वीरले पनि सकारात्मक सन्देश दिएको थियो । उनको हाउभाउ सबै पुरुष जस्तै छ । पुरुषको जस्तै दाह्री आउँछ । तर यौन अंग भने महिलाको छ । ‘मेरो यौन अंग महिला छ तर म पुरुष हुँ,’ उनी भन्छन् । एजेन्शीको सहयोगमा

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.