स्पेनको पर्यटकीय शहर बार्सिलोनामा नेपाल बोकेका गाडीहरु गुड्न थाले (तस्बिर सहित)

बार्सिलोना । स्पेनको पर्यटकीय शहर बार्सिलोनामा नेपाल बोकेका गाडीहरु गुड्न थालेका छन् ।

भिजिट नेपाल लेखिएका गाडीहरु सोमबारदेखि गुड्न थालेका हुन् । नेपालको पर्यटन प्रवर्द्धनका पोस्टरहरुसहित ४ वटा फरक रुटमा चारवटा गाडीहरु आगामी अगष्ट १३ तारिखसम्म गुड्ने छन् ।

बसहरु विश्व प्रसिद्द बार्सिलोना फुटबल क्लबको स्टेडियम ‘क्याम्प नाउ’सम्म पनि नेपाल भ्रमणको निम्तो दिदै गुडेका छन् ।

यस्तै बार्सिलोनिता, कोलोन, प्यारारेल, प्लासा स्पानिया,कातालोनिया,डियागोनल,पार्क गुयल जस्ता बार्सिलोनाका पर्यटकीय क्षेत्रहरुमा गुडिरहेका छन् ।

यसका लागि समन्वय गरेका नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि दीपक खरेलले विश्वकै पर्यटकीय गन्तब्य शहर बार्सिलोनाका लोकल गाडीहरुमा नेपालको नाम जोड्न पाउनु सबैका लागि गौरवको बिषय भएको बताए ।

उनले भने-‘संसारभरबाट पर्यटकहरु यहाँ घुम्न आईरहेका छन् । यो बेलामा उनीहरुलाई नेपाल पनि घुम्नका लागि प्रेरित गर्नु पाउनु सबैको गर्वको बिषय हो ।’

बिज्ञापनका लागि भएको खर्च २ हजार ६ सय १९ युरो ६५ सेन्ट खरेल कै संयोजकत्वमा यहाँका नेपालीहरुले नै संकलन गरेका थिए ।

यस अघि ‘नेपाल भ्रमण वर्ष-युरोप २०१७’को अभियान अन्तर्गत स्पेनिस ट्राभल एजेन्सीका सवारी साधनमा, नेपालीहरुका गाडी, रेष्टुरेन्ट तथा पसलहरुमा पोष्टर टाँस्ने काम सम्पन्न भएको थियो ।

नेपाल पर्यटन बोर्डले ‘नेपाल भ्रमण वर्ष-युरोप २०१७’ को अभियानमार्फत यस वर्ष युरोपबाट मात्रै २ लाख पर्यटकहरु नेपाल पुर्‍याउने लक्ष्य राखेको छ ।

स्पेनबाट मात्रै वर्षेनी नेपालमा करिव १३ हजार पर्यटकहरु नेपाल पुग्ने गरेका छन् । अनलाइन खबर बाट

 


तस्वीर, साईग्रेस

http://ift.tt/2ughnUs
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.