‘म यस्तो गीत गाउँछु’ र ‘सायद २’ रिलिज

गीतसंगीतका कारण सर्वाधिक चर्चामा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ आजबाट प्रदर्शनमा आएको छ । पल शाह र पूजा शर्माको जोडीलाई हेर्न बिहानैबाट काठमाण्डौका हलमा दर्शकको उपस्थिती सुखद देखिएको छ ।

गोपिकृष्णमा कृष्ण हल हाउसफूल भएपछि शिवायःमा पनि चलचित्र लागेको हल संचालकले बताएका छन् । यस्तै, बिहानी शोमा अष्टनारायण, जय नेपालमा पनि दर्शकको उपस्थिती सुखद छ ।नायिका पूजा शर्माले बिहान ९ बजेको शो जय नेपाल पुगेका दर्शकसँगै बसेर हेरेकी छिन् । सुदर्शन थापा निर्देशित यो चलचित्रले प्रेमको कथा भन्छ । ‘भन्छु आज मनका कुरादेखि किन आजकल तिम्रो मन मैलो भो’ बोलको गीतका कारण चर्चामा रहेको चलचित्रलाई दर्शकले सुखद प्रतिक्रिया दिएका छन् ।

यस्तै, आजबाटै चलचित्र ‘सायद २’ पनि प्रदर्शनमा आएको छ । दुर्गिस फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा सुशिल श्रेष्ठ, स्यारोन श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ । यूवापुस्ताको प्रेमकथालाई यो चलचित्रले उठान गरेको छ ।-Online Khabar

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.