ढलमा बगेर बाँच्न सफल भएकी सत्याले मेयरलाई भनिन् ‘मोनोरेल भन्दा पहिला सडकका खाल्डा पुरिदिनोस्’

काठमाडौं, साउन २ – ढलमा बगेर बाँच्न सफल भएकी सत्या सापकोटाले काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई मोनोरेल भन्दा पहिला सडकका खाल्डा पुर्न आग्रह गरेकी छिन् । तपाई महानगरबाट के अपेक्षा गर्नुहुन्छ रु महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले एकै स्वरमा ढलमा बगेर बाँच्न सफल भएकी सत्या सापकोटालाई प्रश्न सोधेका थिए । जवाफमा सत्याले भनिन् ‘मोनोरेल बनाउनु अघि सडकका खाल्डाखुल्डी पुरिदिनोस् ।’

गएको शुक्रबार महानगरको वडा नं। ३ सामाखुशीबाट पानी जमेको सडकमा जमिन र खाल्डो छुट्याउन नसकी बगेकी सत्यालाई भेट्न उनकै निवास पुग्नुभएका मेयर, उपमेयर, कार्यकारी अधिकृत, वडा अध्यक्षसहितको टोलीसँग सत्याले यस्तो माग राखेकी हुन् । उनले भनिन् ‘फेरि कसैले पानीमा बग्नु नपरोस् ।’उनको माग सुनेर उपस्थित सबैलाई स्तव्ध बनाएको थियो । सत्याको घरमा निर्वाचित मेयर र उपमेयरसँगै देखेपछि स्थानीयले मौकाको उपयोग गर्दै माग राखे — विकासका कार्यमा समन्वय गरेर नागरिकलाई सहज जीवनयापनको व्यवस्था मिलाइदिनोस् ।

महानगरले एउटा वडाको मात्र भन्दा पनि समग्र चक्रपथको व्यवस्थापनसँगै अन्य निकायसँग समन्वय गरिदिनु पर्छ । सामाखुशीमा डुवान हुनुमा महाराजगञ्ज, बसुन्धरादेखिको पानी बगेर चोक आउनु र निकास नहुनु हो । स्थानीयको विषयलाई मेयर विद्यासुन्दरले स्पष्ट पार्नुभयो । पीडित परिवारहरुसँगको स्थलगत भेटका क्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सत्या सापकोटाको दुःखमा सहयोग गर्न महानगरपालिकाले एक लाख रुपैयाँ बराबरको जीवन बीमा गरिदिने बताउनुभयो । नागरिकको दुःखमा महानगर साथमा छ । अनपेक्षित घटनाबाट हामी दुःखी छौं — मेयर शाक्यको भनाइ थियो ।

‘राजधानी सहरमा पानीको भेलसँगै नागरिक बग्ने अवस्था दुःखद् हो, यसको समाधान महानगरको प्राथमिकतामा छ’ उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको भनाइ थियो । छलफलका क्रममा महानगरका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले स्थलगत अवस्था बुझेर तत्काल सुधारका काम गर्न इञ्जिनियर खटाइ सकिएको र काम तत्काल सक्न वडामा रकम पठाइदिने बताउनुभएको थियो ।सत्यासँगको भेटपछि मेयर, उपमेयरसहितको टोली तारकेश्वर नगरक्षेत्रमा पुगेको थियो । जहाँबाट विनिता फुयाँल बगेकी थिइन् । त्यहाँ पुगेर मृतकका मातापितालाई भेटेर महानगरपालिकाकोतर्फबाट २५ हजार रुपैयाँ र तारकेश्वर नगरपालिकाकोतर्फबाट ५० हजार रुपैयाँ सहयोग प्रदान गरियो । ujyaaloonline

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.