फर्सी मन पर्छ मन नपरेपनि खानुस् फाइदाका लागी

फर्सी हामीले प्राय हाम्रो तरकारीका लागी प्रयोग गर्ने चिनिएको तरकारी हो । अमेरिकामा उत्पादन सुरू भएको मानिएको फर्सी हाम्रो खानामा केहि दिन बिराएर तरकारीका रूपमा आइपुग्ने गर्छ । तपाईहामीले प्रयोग गर्ने यो तरकारी निकै उपयोगी तरकारी हो । तपाईले प्रयोग गर्ने थोरै भन्दा थोरै मात्राले पनि तपाईलाई निकै फाइदा गर्छ । स्वास्थ्यका दृष्टिकोणले पनि निकै फाइदाकारी छ फर्सी । भिटामिनको मात्रा निकै बढी पाइने फर्सीमा अन्य पौष्टीक पदार्थ पनि उत्तिकै पाइन्छ ।

– २५० ग्राम फर्सीमा मात्र ४९ क्यालोरी पाइन्छ । फर्सीमा कार्बोहाइड्रेटको मात्रा निकै कम हुन्छ भने यसले शरिरमा रहेको कोलस्टेरोलको मात्रालाई समेत कम गर्ने काममा मद्धत पुग्छ ।
– फर्सीको बियाँ पनि उत्तिकै फाइदा जनक हुन्छ । यसको बियाँबाट मनग्गे मात्रामा प्रोटिन, भिटामिन, फ्याटि एसिडहरू पाइन्छ । यसले शरिरमा चाहिने पौष्टिक पदार्थको आवश्यकतालाई पुरा गर्न समेत मद्धत गर्छ ।

– फाइबर, भिटामिन ए, सी र ई तथा अन्य पौष्टिक पदार्थ पनि यसमा पाइन्छ । जसले हाम्रो स्मरण क्षमताको विकास गर्नुका साथै रेडिकलहरू लड्नका लागी समेत मद्धत गर्छ ।

– पहेलो भएर पाकेको फर्सी झन् फाइदा जनक हुन्छ । यसमा हुने बेटा क्यारोटिन, एन्टिअक्सिडेन्टले हाम्रो शरिरमा क्यान्सरको सम्भावनालाई समेत कम गर्छ भने मुटु रोगमा समेत फाइदा गर्छ ।

– यसको बियाँमा पाइने म्याग्नेसियम, पोटासियम, जिन्कले शरिरलाई स्वस्थ, स्मरण शक्तिको विकास, हाडलाई बलियो बनाउन समेत मद्धत गर्छ ।

– फर्सीले कार्डियोभास्कुलर रोगहरूमा समेत फाइदा पुर्याउँछ भने तनावलाई समेत कम गर्न मद्धत गर्छ ।News24Nepal

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.