काठमाडौं, साउन १ – सडकमा आएको भेलले बगाएर काठमाडौंमा एक बालिकाको ज्यान गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सडकको अवस्था सुधार गर्ने बारे सरकारका सचिवहरुसँग छलफल गर्ने हुनुभएको छ ।
अब्यवस्थित ढल, बाटो विस्तार, मेलम्ची खानेपानी आयोजनाको पाइप विछ्याउन महिनौदेखि खनिएका सडकमा भेलले बगाएर नागरिकको ज्यानै गएपछि प्रधानमन्त्री देउवाले सम्बन्धित मन्त्रालयका सचिवसँग आइतबार छलफल गर्न लाग्नुभएको हो ।
बिहान ११ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने बैठकमा भौतिक पूर्वाधार तथा यातायात, अर्थ, खानेपानी, उर्जा लगायत मन्त्रालयका सचिवलाई निश्चित समय नै तोकेर त्यो अवधिभित्र काठमाडौ उपत्यकाका सडकमा बनेका खाल्डाखुल्डी पुर्न, सडकमा भेल नआउने बनाउन निर्देशन दिने तयारी गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.