बेलायतमै पहिलोः २१ वर्षका गर्भवती पुरुषले दिए छोरीलाई जन्म

डेली मेल

बेलायतमा बस्ने एक २१ वर्षीय पुरुषले छोरीलाई जन्म दिएका छन् । यो बेलायतको पहिलो घटना हो । उनी लिंग परिवर्तनको प्रक्रियाको क्रममा स्पर्म डोनरको सहयोगमार्फत बुवा बन्न सफल भएका हुन् ।

यो वर्षको सुरुवातमा एक स्पर्म डोनरको सहयोगबाट गर्भवती भएको घोषणा गरेपछि हायडेन क्रास संसारभरी चर्चित भएका थिए । उनले गत अप्रिल २९ तारिखमा छोरीलाई जन्म दिएका हुन् । ग्राफिक डिजाइनर २३ वर्षीय उनले तोकिएको मितिभन्दा सात हप्ता पहिले छोरीलाई जन्म दिएका हुन् । उनलाई गत हप्ता मात्र सन्तानलाई जन्म दिने बेलायतको पहिलो पुरुष घोषणा गरिएको हो ।

आफ्नी छोरीलाई आलिंगनमा बाँधेर निकै खुसी देखिएका स्कट भन्छन्, ‘उनी निकै राम्री छिन् र मैले आफूलाई निकै भाग्यमानी महसुस गरिरहेको छु । मलाई लाग्छ मैले एक अभिभावकको रुपमा निकै राम्रो भूमिका निभाइरहेको छु ।’

स्कट गत दुई वर्षदेखि आधिकारिक रुपमा एक पुरुषको रुपमा जीवनयापन गरिरहेका छन् । उनी वेस्ट लण्डनस्थित जेन्डर आइडेन्टिटी क्लिनिक आइचेरिङ क्रस अस्पतालमा उपचार गराइरहेका छन् । उनले लिंग परिवर्तन गर्ने प्रक्रियालाई ‘सारा’ लाई जन्म दिनका लागि स्थगित गरेको जानकारी दिए ।

उनले डेली मेललाई ३२ हप्ताको स्क्यानसमेत देखाए जसमा उनको लिंग पुरुष तोकिएको थियो । उनले अस्पतालका कर्मचारी निकै सहयोगी भएको र उनीहरुले जहिले ‘ड्याड’ भनेर सम्बोधन गरेको उनले बताए ।

उनले अर्को वर्ष शल्यक्रिया गरी स्तन हटाउने सोच बनाएका उनले बिस्तारै अन्य अंग पनि हटाउने जानकारी दिए ।

एक अन्तर्वार्तामा स्कटले आफू गलत यौनाङ्गसहित जन्मिए पनि पहिलेदेखि नै सन्तानको इच्छा भएको बताए ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.