फिल्ममा अभिनय गरेको पारिश्रमिक लिन गएकी नायीकालाई निर्देशकसहित ५ जनाले सामूहिक बलात्कार गरे

फिल्ममा अभिनय गरेको पारिश्रमिक लिन गएकी एक नायीका सामुहिक बलात्कारको सिकार बनेकी छिन् । मराठी फिल्ममा केही समयदेखि निरन्तर अभिनय गरिरहेकी नायीकालाई निर्देशकसहित ५ जनाले सामूहिक बलात्कार गरेका हुन् । यो घटनामा संलग्न एक जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

औरंगाबाद स्थानीय अपराध शाखा (ग्रामीण)का निरीक्षक कंचन कुमार चातेका अनुसार मुम्बईमा बस्दै आएकी बलात्कृत नायीका मराठी फिल्म ‘लहनपन’ मा काम गरेको पारिश्रमिक पाएकी थिइनन् ।

तर, निर्देशकले पैसा दिने भन्दै आफ्नो साथीकोमा पैसा लिन जान नायिकालाई आग्रह गरे । जब पीडित नायीका आफ्नो पारिश्रमिक लिन निर्देशकका साथीकहाँ गईन् तब उनीहरुले ५६ किलोमिटर टाढा पुर्‍याए । ४ साथीसँग मिलेर निर्देशकले उनको सामुहिक बलात्कार गरे ।

प्रहरीले घटनालाई पैठन पुलिसको जिम्मा लगाएको छ र घटनाको छानविन तथा अनुसन्धान चलिरहेको छ । प्रहरीका अनुसार गिरफ्तार गरिएका एक जना बलात्कारमा संलग्न गोविन्द चितलांगे हुन् । घटनामा संलग्न निर्देशकसहित चार आरोपी फरार छन्।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.