राजेश हमाल र धीरेन शाक्यको दुश्मनी यसरी पोखियो

काठमाडौं, असार २०। अभिनेता धीरेन शाक्य कुनै बेला राजेश हमालसँग प्रतिष्पर्धी मानिन्थे । हमालको छवि जस्तो थियो, शाक्यको आफ्नै विशिष्टता थियो । यतिसम्म की, धीरेनलाई राजेश हमालको विकल्पको रुपमा पनि हेरिन थालिएको थियो । केही फिल्ममा त हमाल र शाक्य दुवैले सँगै पनि काम गरे ।

नेपाली फिल्मका दुई आइकन हमाल र शाक्यलाई सँगै खेलाउन सके फिल्म चल्ने विश्वास थुप्रै निर्माताहरुमा पनि थियो । ‘सिमाना’, ‘भीष्मप्रतिज्ञा’ लगायत केही फिल्ममा उनीहरुले सँगै काम गरेका थिए । बिस्तारै राजेश हमालको छवि बढ्दै गर्दा शाक्य निस्क्रिय रहे । हमाललाई ‘महानायक’को पदवि नै दिइयो । शाक्य त्यसबेला पनि फिल्म क्षेत्रबाट लगभग बाहिरै थिए ।

तर शाक्यका केही निकटस्थहरु के भन्छन् भने, राजेश हमाललाई ‘महानायक’ भनिएकोप्रति उनी असन्तुष्ट छन् । हमालसँगको पुरानो द्धन्द्ध हालै एक सार्वजनिक कार्यक्रममै पोखे उनले । आइतवार राजधानीमा आयोजित फिल्मसम्बन्धी एक कार्यक्रममा शाक्यले केही संचारकर्मीहरुसँग बोल्दै हमालसँगको द्धन्द्धको पाटो कोट्याएका थिए । ‘महानायक’को सन्दर्भमा पत्रकारहरुको जिज्ञासामा शाक्यले भने, ‘जसको फिल्म धेरै सुपरहिट छ, जसले नेपाली फिल्म क्षेत्रमा सबैभन्दा बढी योगदान दिएको छ उसलाई महानायक भन्नुपर्छ’ ।

तर सुपरहिट फिल्मको हिसाव गर्ने हो भने राजेश हमाल भुवन केसीको पछि पर्छन् । संख्याको हिसावले राजेश हमालले धेरै फिल्ममा अभिनय गरे पनि हिट भने थोरै मात्रै छन् । यसरी हेर्दा पनि शाक्यले हमाललाई ‘महानायक’ भनिएकोप्रति असन्तुष्टि ब्यक्त गरेको प्रस्ट बुझिन्छ । धीरेन शाक्य र राजेश हमालबीच नराम्रोगरी कुनै घटना नभए पनि राम्रो सम्बन्ध पनि छैन ।©Nepali Patra

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.