प्रेमीलाई जेलबाट छुटाउन प्रेमिकाले गरिन अच्चमको काम

एजेन्सी, असार २१
चाहे केटा होस् चाहे केटी । प्रेममा बाँधिएका छन् भने कसैले पनि आफ्नो प्रेमी प्रेमिका जेलभित्र कोचिएर बसेको मन पराउँदैनन् । सकेसम्म उनीहरु कानुनीरुपमै जेलमुक्त गराउन खोज्छन् । यदि सकेनन् भने गैरकानुनी बाटो अवलम्बन गर्न पनि पछि पर्दैनन् । भेनेजुयलामा एक जना प्रेमिकाले आफ्नो प्रेमीलाई जेलबाट भगाउन खोजेको तरिका भने अत्यन्तै अनौठो छ । भेनेजुयलाको उत्तरपूर्वस्थित जोसे एन्टोनियो एन्जोआटेन्गुइ जेलभित्र थुनिएका थिए इब्राहिम जोसे भार्गस गार्सिया ।

उनकी प्रेमिका हुन् २५ वर्षीया एन्टोनिटा रोब्लेस साउदा । प्रेमी इब्राहिम कार चोरीको आरोपमा पक्राउ परेपछि उनलाई पिर पर्नु परेको थियो । झन उनलाई अदालतले नै ९ वर्षको जेल सजाय सुनाएपछि उनी विक्षिप्त अवस्थामा पुगिन् । उनले प्रेमी जोसेलाई छुटाउन गरेको प्रयास पनि सफल हुन सकेको थिएन ।

एक दिन उनी आफ्नो प्रेमी भेट्न जेलभित्र गइन् । उनको साथमा थियो ठूलो सुटकेस । सुटकेसभित्र उनले कपडा पनि टन्नै राखेकी थिइन् । गुलाबी रंगको सुटकेश लिएर जेलभित्र पसेकी एन्टोनिटा आधा घन्टा जेलभित्रै बसिन् । उनका गतिविधिलाई कसैले पनि ध्यान दिएनन् । आधा घण्टापछि उनी जेलबाट बाहिरिन् । उनले सकी नसकी सुटकेस घिसारिरहेकी थिइन् ।

त्यो दृश्य देखेका एक जना सुरक्षा गार्डले शंका लागेर सुटकेश खोल्न लगाए । जब उनले सुटकेस खोलिन्, सुटकेस भारी हुनुको पोल खुल्यो । सुटकेसमा उनकै प्रेमी बसेका थिए । उनी अत्यन्तै अप्ठेरो साथ पोको परेर बसेका थिए । प्रेमीलाई अप्ठेरो नहोस् भनेर उनले टन्नै कपडा राखेकी थिइन् । त्यसपछि सुरक्षाकर्मीले तुरुन्तै इब्राहिमलाई जेलभित्र हुले । उनकी प्रेमिका एन्टोनिटा पनि पक्राउमा गरे ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.