गर्भावस्थामा खान नहुने यी फलफूल

गर्भावस्था एक महिला र उनको भ्रुणको लागि निकै नाजुक अवस्था हो । त्यसकारण यदि तपाईं गर्भवती हुनुहुन्छ भने आफूले खाने प्रत्येक कुराको अतिरिक्त ध्यान दिन आवश्यक छ ।

गर्भावस्थामा तपाईंको प्रतिरोधी क्षमतामा ह्रास ल्याइदिन्छ जसका कारण तपाईं र तपाईंको बच्चा ब्याक्टेरिया र भाइरसले सजिलै आक्रमण गर्न सक्छन् । गर्भावस्थामा केही यस्ता खानेकुरा छन् जसलाई खानबाट बच्नुपर्छ । आफ्नो बच्चा स्वस्थ र सुन्दर होस् भन्ने चाहनुहुन्छ भने गर्भावस्थामा खान नहुने खानेकुराबारे यहाँ दिइएको जानकारी पढ्नुहोस् ।

मेवा नखानुहोस्ः

गर्भावस्थामा मेवा खाने नखाने भन्ने बारे थाहा छैन भने यसको उत्तर हो ‘हुँदैन’ । मेवा खाँदा चाँडै प्रसव पीडा हुने र गर्भ तुहिने श्रीलङ्का, बंगलादेशसहित विभिन्न देशका महिलाले बताउँदै आएका छन् जुन आंशिक रुपमा वास्तविक हो । विशेषगरी काँचो र थोरै पाकेको मेवामा ल्याटेक्स नामको तत्व पाइन्छ जसले गर्भाशय संकुचन गराउने गर्दछ ।

मेवालाई विशेषगरी गर्भावस्थाको तेस्रो र अन्तिम त्रैमासिकमा खानु हुँदैन । यद्यपी, पाकेको मेवा गर्भावस्थामा उत्कृष्ट मानिन्छ । पूर्ण रुपमा पाकेको मेवा भिटामिन सी र अन्य पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले गर्भावस्थामा हुने मुटु पोल्ने र कब्जियतको समस्याबाट पार पाइन्छ । मेवा, मह र दुधको सम्म्रिण स्तनपान गराउने महिलाका लागि निकै फाइदाजनक मानिन्छ ।

भुईंकटर नखानुहोस्ः

गर्भावस्थामा भुईंकटर खानबाट बच्नुहोस् । भुईंकटर ब्रोमेलेन तत्व पाइन्छ जसले गर्भाशयलाई नरम बनाएर चाँडै ब्यथा लाग्ने बनाउँछ । यसलाई विशेषगरी पहिलो त्रैमासिकमा खानुहुँदैन । भुईंकटरको जुस अत्यधिक पिउँदा समय हुँदा पनि प्रसव पीडा नभइरहेका महिलालाई पनि प्रसव पीडा हुन सहयोग गर्ने बताएका छन् । त्यसकारण गर्भवती हुँदा आफूलाई र आफन्तलाई भुँइकटर खानबाट जोगाउनुपर्छ ।

अंगुरः

गर्भावस्थामा अंगुर खाने नखाने भन्ने विषय विवादास्पद बनेको छ । केही स्वास्थ्य क्षेत्रमा लागेका विज्ञहरुले गर्भावस्थामा अंगुर खान नहुने बताउँछन् भने कतिले खान नहुने भनी सुझाउँछन् । अंगुरमा किराहरुले नखाओस् भन्नका लागि छरिने किटनाशक औषधी अत्यधिक प्रयोग हुने भएकाले धैरैले यसलाई नखान नै सल्लाह दिन्छन् ।

अंगुरमा पाइने रेस्भेरेट्रोल तत्वले गर्भवती महिलामा विषाक्त फैलाउने काम गर्दछ । तर गर्भावस्थामा अंगुर खाँदा आवश्यक पोषक तत्व जस्तै भिटामिन ‘ए’ र ‘सी’ पाउने गर्दछन् । त्यसकारण यो फल खानुभन्दा पहिले आफ्नो डाक्टरसँग खाने नखाने भन्ने बारे सल्लाह लिनुहोस् ।

राम्रोसँग नपखालिएका काँचो फलफूल नखानेः

एक गर्भवती महिलाका लागि सबैभन्दा महत्वपूर्ण सल्लाह भनेको राम्रोसँग नपखालिएका काँचो फलफूल नखाने । गर्भावस्थामा टोक्सोप्लास्मोसिसको संक्रमण नहोस् भन्नका लागि फलफूलको स्वच्छतामा विशेष ध्यान दिनुपर्छ । गर्भावस्थाको डाइटमा फलफूललाई विशेष स्थान दिनुपर्छ तर यसमा विशेष ध्यान दिनुपर्ने हुन्छ । गर्भावस्थामा केही जटिलता ननिम्तियोस् भन्नका लागि र्भुंइकटर र मेवा धेरै मात्रामा खानु हुँदैन ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.