तीन महिनामै झरना थापालाई पट्याएर बिहे गरेका थिए सुनिलले…

काठमाडौं, भदौ २३ – अभिनेत्री झरना थापाको नाम त्यस्तो अभिनेत्रीको सूचिमा पर्छ जसलाई विवाहपछि सफलता मिल्यो । उनलाई श्रीमान् सुनिल कुमार थापाले नै सिनेमामा प्रवेश गराएका थिए । अभिनेत्री भएर सफलता पाएकी झरना श्रीमानकै कारण निर्मात्री पनि भइन् । अहिले आएर भने उनी सफल सिनेमाको निर्देशक बन्न सफल भएकी छिन् । उनी निर्देशक बन्नुमा पनि उनका श्रीमान सुनिलकै हात छ । १७ वर्षकी झरना र २१ वर्षका सुनिलले भागी विवाह गरेका थिए । उनीहरुसँग गरिएको कुराकानीको सम्पादित अंश यस्तो छ ।

पहिलो भेट

झरना थापाले यसरी आफ्नो बयान सुनाइन्– कलेजको बेलामा हाम्रो कलेजको म्यामको डान्स ईन्स्टिच्युट थियो त्यहाँ म डान्स सिक्थेँ पनि सिकाउँथे पनि । त्यो बेलामा म १७ वर्षको थिए । भर्खरै एस.एल.सी. दिएर आई.ए. शुरु गरेकी थिएँ । उहाँहरु तीन चार जना सिनेमा बनाउने सन्दर्भमा त्यहाँ आउनुभएको थियो । म कलेजमा राम्रो नाच्ने भएकोले सबैले मलाई हिरोइन बन । यस्तो राम्रो नाच्छौ भन्ने गर्नुहुन्थ्यो । त्यो सुनेर आफूलाई पनि कलाकार बन्नुपर्छ कि क्या हो ? भन्ने सोच आएको थियो । सुनिल जीसँग मेरो पहिलो भेट त्यही डान्स क्लासमा भयो । मलाई उहाँहरुले हेर्नुभयो ।

उहाँले मलाई त्यही समयबाट पिरतीको नजरले हेर्नुभएको रहेछ मलाई यो कुरा पछि मात्र थाहा भयो ।सुनिल थापाले यसरी सुनाए – हामी खासमा एउटा सिनेमा बनाउने भनेर एउटा नायिकाको खोजिमा गएका थियौ । त्यहाँ एउटा साथीले पि.के. पढ्ने एउटा बहिनी क्या राम्री छ । राम्रो नाच्छे भन्यो । त्यहाँ नृत्य पनि सिकाउँछे भन्यो ।

ल हेरौँ न त कस्तो रहेछ ? भन्ने भयो मलाई । उनलाई मैले पहिलो पटक देखेँ । त्यो बेलामा म २१ वर्षको थिएँ । हामीले उनलाई हेर्यौँ । पछि उनलाई सिनेमामा लिने कुरा फिक्स भयो । त्यो बेलामा उनको मामा पनि हामी सँगै हुनुहुन्थ्यो । पछि त्यो सिनेमा बनेन । त्यो भएपनि हाम्रो जीवन भने बन्यो ।
पहिलो चोटी उनलाई देख्दा नायिका भन्दा पनि आफ्नो बनाउँछु भन्ने सोच पलायो । मैले उनलाई धेरै पिछा गर्न थालेँ । क्याम्पस आउने बेला बाटोमा लिन जाने, क्याम्पस सकिएपछि पुर्याईदिने गर्थे । तर यो कुरा धेरै चलेन । त्यसको केही समयपछि हामी सँगै भयौ । हामी तीन महिना जति एकअर्काको प्रेममा रह्यौँ । अनि हाम्रो विवाह भईहाल्यो ।
झरनाको सिनेमा प्रवेश

यसबारे झरनाको बयान– विवाह अघि मैले ‘दाइजो’ सिनेमाबाट यो क्षेत्रमा प्रवेश गरिसकेको थिएँ । त्यो पछि विवाह भयो । ठ्याक्क त्यो सिनेमा पनि पूरा भयो । तर मुख्य अभिनेत्रीको हिसाबले भने विवाह पछि आएको हो ।

सुनिलको भनाइ– त्यो बेलामा सिनेमा क्षेत्रलाई हेर्ने नजर बेग्लै थियो । मान्छेहरुले बुझेका थिएनन् । त्यो बेलामा अहिलेको जस्तो मिडिया थिएन । सामाजिक सञ्जाल थिएन । फेरि हामी दुबै एउटै क्षेत्रमा भएको मान्छे । मैले उनलाई सिनेमामा काम गर्नुपर्छ है ! भनेर सधैँ भन्थेँ ।

झरना– एउटा विवाहित केटीको लागि घरमा सबै कुरा भनेको आफ्नो पति नै हो । श्रीमतीलाई शुरुमा आफ्नो श्रीमानले नै बुझ्नुपर्छ । उहाँको बुझाई, मिलनसार बानी, माया, सपोर्टले चाहि म आज सम्म टिकिरहेको छु । यो फिल्डमा खुल्ला रुपले नाच्न, गाउन र हाँस्न पाएँ । जहाँ गएपनि उहाँले मलाई स्वतन्त्र रुपमा बाँच्न दिनुभयो । मलाई उहाँले दिएको स्वतन्त्रतालाई बुझेर म पनि आफ्नो ठाँउमा बसेँ ।
सुनिल पहिलो पटक ससुराली जाँदाको पल

सुनिल– मेरो पहिलो पटक ससुराली जाँदाको अनुभव एकदमै भिन्न छ । मेरो खासमा भागी विवाह हो । झरनाको परिवारले मलाई उसको हात दिन नचाहेको कारणले हामी भाग्यौँ । विवाह भएको तिन चार महिनापछि हामी ससुराली गयौँ । उनले आमाको याद आयो भन्दा मैले उनलाई भेटाउन लगेको थिएँ । उनको माईती लाजिम्पाटमा थियो । मैले उनलाई घर सम्म छोड्न गएँ ।

उनलाई म गाडी मै बस्छु तिमी गएर भेटेर आउ भनेर भने । म केही समय गाडीमै बसेँ । पछि भने उनको परिवारलाई म बाहिर छु भन्ने थाहा भएछ । मलाई लिन आउनु भयो बाहिर । भागी विवाह गरेपनि मैले उनलाई भने मेरो घरमै भित्र्याएको हो । उनको असार २५ गते परीक्षा सकिएको दिन गुहेश्वरीमा मेरो परिवारको उपस्थितिमा विवाह गरेको हो ।
झरनाको गृह प्रवेश

झरना– विवाहपछि पहिलो पटक गृह प्रवेश गर्ने बेला मेरो परिवारको कोही नभए पनि उहाँको परिवारको सबै हुनुहुन्थ्यो । उहाँले मलाई राम्रोसँग विहे गरेर घरमा भित्र्याउनु भएको थियो । उहाँको बहिनीले ढोका छोप्नुभएको थियो । अनि दियो निभाउँदै अगाडी पनि बढेको थिएँ । त्यसबखत मेरो परिवारबाट मलाई सपोर्ट गर्ने कोही पनि थिएन । त्यही कारण ममा एक किसिमको डर पनि थियो । भोलि केही गरेर दुःख पाए भने म कहाँ जाने होला ? भन्ने पीर पनि थियो ।

तर, मलाई के ढुक्क थियो भने उहाँले एकदमै माया गर्नुहुन्थ्यो । हाम्रो पालामा जो सँग माया गर्यो उही संग विवाह गर्नुपर्छ भन्ने थियो । अहिलेको जमाना फरक छ । उहाँको माया देखेर चाहि मलाई केही त्यस्तो नराम्रो हुदैन भन्ने थियो । अहिले साेंच्दा चाहि झसङ्ग हुन्छु ।

ला ! मैले दुःख पाएको भए । नराम्रो परिवारमा परेको भए । के हुन्थ्यो होला ? भनेर अहिले डर लाग्छ । तर, त्यो समयमा मलाई केही डर लागेन । गहिरिएर सोच्दै सोँचिन । उहाँको परिवारले दुःख देला, त्यही माथि अन्तरजातीय विवाह । उहाँ क्षेत्री म नेवार । त्यो सोँचिएन । सिर्फ एउटा कुरा थाहा थियो कि उहाँले धेरै माया गर्नुहुन्छ । त्यसैको भरमा घरमा छिरियो । घरमा छिर्दा उहाँको निकै सपोर्ट थियो ।
काममा परिवारको सपोर्ट

झरना– सुरुमा ससुरा बुबालाई सम्झिन चाहन्छु । मैले ‘गोर्खाली’ सिनेमाको लागि अन्र्तवार्ता दिएर आउँदा उहाँले सुनेर बस्नुभएको थियो । म ढोकाबाट भित्र छिर्ने बितिक्कै उहाँले, ‘बुहारी तिमी चाहि एउटा राम्रो कलाकार हुनुपर्छ । तिमी कलाकार भएको हेर्न चाहन्छु ।’ भन्नुभएको थियो । उहाँले त्यो कुरा एकदमै गर्वले भन्नुभयो । अहिले पनि मेरो ठूलो ससुराहरुले भन्नुहुन्छ, तिमीले हाम्रो थापाको नाम राख्यौ । अझै राख्नुपर्छ । प्रगति गर भनेर अशिष दिईराख्नुहुन्छ । त्यो समयमा पनि मलाई ससुराले कलाकारिताको काम गर्दा तिमी कसैको बुहारी, कसैको छोरी, कसैको आमा हुदैनौँ । त्यो पल तिमी एउटा कलाकार मात्र हुन्छौँ भन्नुभएको थियो । अगाडी बढ्नु है भन्नु भएको थियो ।

मेरो परिवार निकै बुझ्ने हुनुहुन्थ्यो । मेरो सासु आमा पनि निकै बुझ्ने हुनुहुन्थ्यो । म नहुँदा पनि छोरी श्रीमानलाई सम्हालेर राखिदिनुभयो । मैले मेरो धेरै समय सिनेमामै दिएँ । सकभर सिनेमा खेलौँ, राम्रो काम गरौँ भन्ने दिमाग थियो मेरो । आज सम्म आईपुग्दा झण्डै १ सय १७ वटा सिनेमामा काम गरिसकेँ । यो सबै सिनेमामा कम गर्दा मलाई परिवारको पूर्णरुपमा साथ मिलेको थियो ।
विशेष दिनहरुमै परिवारसँग अनुपस्थित

झरना– करियरमा पिकअप लिदाँ म आमा बनिसकेको थिएँ । कलाकार भएका कारण मैले उहाँ बिरामी हुँदा समय दिन नसकेको, छोरीलाई बिरामी हुदाँ समय दिन नसकेको, घरमा बसेर तिज मनाउन नपाएको, मलाई अत्यन्तै माया गर्ने ससुराको देहान्त हुदाँ पनि म यहाँ भईन । म लन्डनमा थिएँ । त्यहाँबाट फर्केर आउन पनि सकिन । यस्तो कुराले असाध्यै मन दुख्छ । तर, वास्तवमा जति मन दुखे पनि सहनुपर्दो रहेछ ।

सुनिल– छोरीको बर्थ डे, बुबाको क्रिया, आफू बिरामी भएर सुत्दा साथमा उनी नहुँदा भने उनलाई बेकारमा हिरोइन बनाएछु भनेर पछुताउँथे । तर, उनको काम हो यो मैले बुझ्नुपर्छ भन्ने लाग्थ्यो र मन बुझाउँथे ।
बुढाबुढीको ठाकठुक

झरना– हामी बिचमा त्यस्तो ठूलो झगडा भने कहिल्यै परेको छैन । तर, झनक्क रिसाउने भने हुन्छ । सफा सुग्घर गर्न कुरामा धेरै बहस पर्छ । उहाँलाई सधैँ सफा चिटिक्क हुनुपर्छ सबै कुरा । घरको सरसफाई त आफ्नो ठाउँमा छ । मैलै पनि उहाँको लागि कपाल कोरेर बसिदिनुपर्छ । कहिले काँही आफूलाई कस्तो लफङगा भएर बस्न मन लाग्छ तर उहाँको कारण बस्न पाईँदैन । कहिलेकाँही मलाई रिस उठ्छ अनि म जानी जानी फोहोर गरिदिन्छु । जानी जानी सामानलाई लगेर यताको उता गरिदिन्छु । फेरि आएर कुरा गर्दा गर्दै उहाँ ती सामानहरु मिलाउन थाल्नुहुन्छ ।

उहाँको राम्रो बानी भनेको जहिल्यै उज्यालो अनुहारमा बस्ने । जति तनाव भएपनि निकै फुर्ती भएको मान्छे, अरुलाई पनि प्रोत्साहन गर्ने । सुनिल– उसको सबै चिज राम्रो छ । ऊ निकै सरल छ, छुच्चो बोल्ने बानी छैन । घमण्ड एकचिज पनि छैन ।
जबरजस्ती निर्देशक

झरना– पछिल्लो समयमा मेरो सिनेमा कम आउन थाल्यो, कार्यक्रमहरुमा मात्र जान थालेँ । त्यो पल मलाई निकै आनन्द लागेको थियो । धेरै समय देखि कामको शिलशिलामा कुदिरहेको थिए । अनि बल्ल घरमा बस्न पाउँदा नुन छैन कि सुन छैन, आईमाई मान्छेको जिन्दगी जिईरहेको थिएँ । तर उहाँले मलाई घरमा बस्नै दिनु भएन । अचानक उहाँले त तिमी यसरी बसेर हुन्छ ? तिमैले त केही गर्नुपर्छ । सिनेमा हेर । स्क्रिप्ट लेख । युट्युब हेर । हुँदा हुँदै अब तिमी निर्देशक बन भन्नु भयो । म त ट्वा परेँ । अहँ म निर्देशक बन्दिन भने । तर उहाँ तिम्रो यत्रो अनुभव छ । यत्रो अनुभवलाई अब तिमीले सदुपयोग गर्नुपर्छ भन्नु भयो । मलाई पनि हो जस्तो लाग्यो । तर मनमा मैले जे गर्नु थियो गरिसकेँ । अब म आफ्नो जीवन जिउन चाहन्छु भन्ने भएको पनि थियो ।

अरुले झरना थापा भनेर हेर्ने दृष्टीकोण नै फरक छ अब कता नै जानु छ र जस्तो लाग्थ्यो । अनि मलाई चाहि निर्देशक भएपछि धेरै तनाव हुन्छ । कपाल फुल्छ नराम्ररी हुन्छु भनेर अहँ ! म त बन्दिन निर्देशक भन्ने लागेका थियो । मैलै उहाँलाई निर्देशक बन्दिन बरु निर्माता बन्छु भने । तर उहाँले अहँ! हुदैन तिमी हुनुपर्छ भन्नुभयो । अन्त्यमा म निर्देशक बने । दुई तिन वर्ष हामीले कलाकार र स्क्रिप्टलाई लिएर काम गर्यौँ ।
सिनेमाको प्रतिकृया

सुनिल– एउटा फिल्म हेरेर रोएको छु म उनको । उसको सिनेमा कहाँ छौ कहाँ भन्नेमा उनलाई ईन्डियामा लगेर बेचेको हुन्छ । त्यहाँ गएपछि पाएको दुख मैले पनि हेर्न सकेको थिईन । उसको त्यो सिनेमा अहिले पनि टिभिमा आउँछ म हेर्नै सक्दिन । रुन मन लाग्छ । झरना– सिनेमा हेरेर राम्रो प्रतिक्रिया दिनुहुन्छ । छोरीले पनि ममी आज सम्म सिनेमामा काम गरेर राम्रो नाम कमाएको छौ । कुनै स्क्यान्डल छैन तिम्रो भनेर भन्छे । सुनेर खुशी लाग्छ । हाम्रो छोरा पनि छोरी पनि त्यही हो । source:gufgaff.com

The post तीन महिनामै झरना थापालाई पट्याएर बिहे गरेका थिए सुनिलले… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.