अनेकौं रोगलाई नियन्त्रण गर्ने आलु , खानै पर्ने ५ कारणहरु

आलु संसारभरी नै लोकप्रिय खाना हो । आलु जेसँग पनि मिल्ने भएकाकारण पनि यो लोकप्रिय खाना बनेको हो । यही आलुका स्वास्थ्यको दृष्टिकोणले पनि निक्कै राम्रो खाना हो भन्ने धेरैलाई थाहा नहुन सक्छ ।आलुमा हुने गुणको विषयमा यहाँ चर्चा गरिएको छ ।

१ प्रयाप्त पोटासियमआलुमा केरामा भन्दा बढी मात्रामा पोटासियमको मात्रा हुन्छ । एउटा आलुमा कम्तिमा १६०० मिलिग्राम पोटासियम पाइन्छ । जवकी एक दिनका लागि केवल ८०० ग्राम मात्र पोटासियम मानव शरीरका लागि प्रयाप्त हुन्छ । केरा खाने भन्दा आलु खाने मान्छेले धेरै पोटासियम प्राप्त गर्न सक्छ । पोटासियम मुटुको समस्या, मस्तिस्क घात रोक्न मद्दत गर्छ ।

२ फाइवरको मात्रा उच्चआलुमा पाचन प्रणाली सहज तुल्याउन आवश्यक पर्ने फाइवरको मात्र उच्च हुन्छ । शरीरका लागि आवश्यक पर्ने फाइवरको लागि आलुको सेवन निक्कै हितकारी हुन्छ । आलुले मोटो पन नियन्त्रणका लागि पनि सघाउछ । आलुले कोलस्टोरलको समस्या र रगतमा सुगरको मात्रा नियन्त्रण गर्छ ।

३ सुन्तालामा भन्दा बढी भिटामिन सीआलुमा भिटामिन सीको मात्रा उच्च हुन्छ । दिनमा एउटा आलु सेवन गर्दा यसले शरीरका लागि आवश्यक पर्ने भिटामिन सीको आधा मात्रा दिन्छ । जुन पुरै पाकोको सुन्तालाको भन्दा बढी हो । शरीरमा रोगसँग लड्ने क्षमता विकाश गर्नका लागि भिटामिन सीको मात्रा आवश्यक हुन्छ । केही अध्यनले आलुले क्यानसरसँग लड्ने क्षमता समेत विकाश गर्ने देखाएका छन् ।

४ म्याग्नेसीको राम्रो श्रोतआलु हाम्रो शरीरमा नभै नहुने अर्को खनिज म्याग्नेसीको राम्रो श्रोत हो । शरीर स्वस्थ राख्नका लागि यो खनिज अत्यावश्यक मानिन्छ । एउटा आलुमा एक दिनमा शरीरलाई चाहिने ३३ प्रतिशत म्याग्नेसि पाइन्छ । शरीरमा पाचन प्रणाली ठिक राख्न म्याग्नेसी अत्यन्त महत्वपूर्ण मानिन्छ । यसले क्यान्सर र मुटुको रोगबाट बचाउने चिकित्सकहरु बताउँछन् ।

५ भिटामिन B6 को श्रोतआलुमा शरीरमा आवश्यक पर्ने भिटामिन B6को उच्च मात्रा हुन्छ । एउटा मात्र आलुको सेवनले दिनमा शरीरलाई आवश्यक पर्ने ४६ प्रतिशत भिटामिन B6 प्रदान गर्छ । शरीरमा भिटामिन भिटामिन B6 अत्यन्तै आवश्यक छ । यसले शरीरका मांसपेसीलाई स्वस्थ राख्न र कोलस्टोरलको लेभल पनि नियमित बनाउँछ । दिमाग स्वस्थ राख्न पनि यो भिटामिन महत्वपुर्ण मानिन्छ । एजेन्सी

The post अनेकौं रोगलाई नियन्त्रण गर्ने आलु , खानै पर्ने ५ कारणहरु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.