श्रीमान र श्रीमानको संगै मृत्यु

पर्वत ।श्रीमान र श्रीमतीले संगै जीउने संगै मर्ने कसम खाएका हुन्छन् । जीवनभर संगसंगै भएका श्रीमान र श्रीमतीको एकै पटकमा मृत्यु भएको घटना विरलै सुन्न पाइन्छ । धर्म र असल कर्म गर्नेहरुलाई यस्तो संयोग जुर्छ भन्ने भनाई पनि समाजमा व्याप्त छ ।

पर्वतको बाजुङ्गमा भने यस्तै संयोग जुरेको छ । श्रीमानको मृत्यु भएको दुई घण्टापछि श्रीमतीको पनि मृत्यु भएको छ । पर्वतको बाजुङ्ग गाउँ विकास समिति वडा नं ९ का ९१ बर्षीय बृद्ध रुद्रबहादुर बिक र उहाँकी ८१ बर्षीय श्रीमती छलिदेवी बिकको दुई घण्टाको फरकमा कालगतीले नै मृत्यु भएको हो । श्रीमान रुद्रबहादुरको गत मंगलबार बिहान १०.३० बजेको समयमा मृत्यु भएको हो भने श्रीमती छलिदेवीको मृत्यु मध्यान्ह १२.३० मा भएको हो ।

दुई घण्टाको फरकमा श्रीमान श्रीमतीको मृत्यु भएपछि बुधबार मोदीबेणीघाटमा एउटै चित्तामा दुई जनाको दाहसंस्कार गरिएको स्थानीयबासी भक्त कुवँरले जानकारी दिनुभयो । दुई घण्टाको फरकमा श्रीमान श्रीमतीको मृत्यु भएपछि एउटै चित्तामा दाहसंस्कार गरिएको र कालगतिले एकै पटक मरण हुने दम्पती विरलै भेटिने गरेका पनि कुँवरले बताउनुभयो । मृतक दम्पत्तिका छोराहरु वाहिर रहेकोले भेला हुन समय लागेकोले गत बुधबार मात्र दाहसंस्कार गरिएको हो।

मृतक रुद्रबहादुर बिक २०४४ सालमा जनपक्षीय वडा अध्यक्षको रुपमा बिजयी पनि हुनु भएको थियो । उहाँ केही दिन देखि हल्का ज्वरोको बिरामी हुनुुहुन्थ्यो । श्रीमानलाई ज्वरो आएपछि श्रीमती छलि समेत श्रीमान संगै संगै मर्ने हो भन्दै चार दिन देखि खाना नखाई बस्नु भएको थियो ।

The post श्रीमान र श्रीमानको संगै मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.