दाह्री भएकी २४ वर्षीय युवती, ‘गिनीज बुक अफ वल्र्ड रेकर्ड’

लन्डन, एजेन्सी) / विश्वभरीका विभिन्न देशका मानिसले बनाएको अनेकौँ कीर्तिमान ‘गिनीज बुक अफ वल्र्ड रेकर्ड’मा दर्ता छ। यस्तै, कीर्तिमान बनाउने होडमा अनौठो शारीरिक क्षमता भएकी एक युवती पनि छन्।

भारतीय मुलकी बेलायती हरनाम कौर आफ्नो अनौठो शारीरिक क्षमताका कारण हिजोआज सामाजिक संजालमा पनि निकै चर्चामा छिन्। उनको अनौठो कुरा हो दाह्री। २४ वर्षकी कौरको अनुहारमा एक वयष्क पुरुषका झैँ दाह्री छन्। आफ्नो अनुहारमा दाह्री र शरीरमा बढ्दै गरेको रौँका कारण उनी चर्चामा छिन्। उनलाई भर्खरै ‘गिनीज बुक अफ वल्र्ड रेकर्ड’ ले दाह्री भएकी सबैभन्दा कान्छी युवतीको परिचय दिएको छ। कौर दाह्री हुने पहिलो महिला भने होइनन्।

उनकोे ११ वर्षको उमेरमै अनुहारमा दाह्री र छातीमा रौँ आउन सुरु भएको थियो। उनी पोलीसाइटिक ओवरी सिन्ड्रोम रोगबाट पीडित थिइन्। जसकारण उनी सातामा दुई पल्ट वाक्सिङ (रौँ उखाल्ने काम) गर्थिन्। अनुहारमा दाह्री देखिन थालेपछि बेलायतको पश्चिम–पूर्वमा पर्ने वर्कसायरकी यी स्थानीय युवतीको सबैले मजाक उडाउँथे। उनलाई पुरुष–केटी भन्दै मजाक उडाउनेको लाइननै लाग्थ्यो। हरनाम १६ वर्षको उमेरमा हीनता बोधको शिकार भएकी थिइन्। त्यसबेला उनलाई घरबाट बाहिर निस्किन मनै लाग्दैन्थ्यो।

पछि उनले शिखहरूको धर्मअनुसार आफ्नो दाह्री र कपाल नकाट्ने अठोट गरिन्। केटी भएपनि आफ्नो अनुहारप्रति अहिले आफूलाई कुनै ग्लानी नभएको उनले बताएकी छिन्। उनी भन्छिन्–‘मैले यसलाई भगवानको प्रसादको रुपमा ग्रहण गरिसकेको छु।’

बढ्दो उमेरसँगै हरनाम आफ्नो अनुहारमा भएको ६ इन्च लामो दाह्री र जुँगा बोकेर अहिले जहाँ पनि घुम्ने गर्छिन्। उनले यही अनुहार बोकेर स्कुल र कलेजको शिक्षा पूरा गरिन् । आत्मविश्वासकै कारण पछिल्लो समय ‘गिनीज बुक अफ वल्र्ड रेकर्ड’ मा आफ्नो नाम दर्ता गराउन पनि सफल भइन्।

The post दाह्री भएकी २४ वर्षीय युवती, ‘गिनीज बुक अफ वल्र्ड रेकर्ड’ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.