नेपाल टेलिकमका सिमकार्ड प्रयोग गर्नेहरुलाई खुशीको खबर, पहिलोपटक आयो यस्तो अफर

असोज ३, काठमाडौँ । नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्नुहुन्छ ? यदी त्यसो हो भने तपाइको आगी खुसीको खबर छ । नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले ‘वाउटाइम’ एप्समार्फत लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइलबाट हेर्न तथा सुन्न सक्ने भएका छन् ।

यस प्रकारको सेवा उपलब्ध गराउने उक्त ‘वाउटाइम’ एप्स आजबाट सञ्चालनमा ल्याएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । नेपाल टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा उक्त एप्स सञ्चालनमा आएको हो ।

उक्त एप्समार्फत लाइभ टिभीमा नेपाली, हिन्दी तथा विदेशी भाषालगायत विभिन्न विधाका १३० च्यानल हेर्न सकिने र भविष्यमा च्यानलको सङ्ख्या आवश्यकताअनुसार थप्दै जाने योजना रहेको टेलिकमले जनाएको छ ।

नेपालमा उपलब्ध एफएम रेडियोसमेत यही एप्समार्फत सुन्न सकिनेछ । यो सेवा नेपाल टेलिकमका जिएसएम तथा सिडिएमएका प्रिपेड/पोस्टपेड ग्राहकलाई मात्र उपलब्ध हुनेछ ।

हाललाई दशैं–तिहारको अवसरमा पहिलो एक महिनाका लागि एप्स उपयोग गर्दा लाग्ने उपभोक्ता शुल्क नलिई यो सेवा उपलब्ध गराइएको समेत टेलिकमले जनाएको छ ।

एक महिनापछि भने ग्राहकले शुल्क तिरेर दैनिक, साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । यो मोबाइल एप्समार्फत उपलब्ध हुने सेवा वाइफाई प्रयोग गरेर तथा मोबाइल डाटा प्रयोग गरेर पनि उपयोग गर्न सकिन्छ ।

सो मोबाइल एप्स गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । मोबाइलमा मोबाइल एप्स डाउनलोड गरी आफ्नो नाम र मोबाइल नम्बर हाल्नासाथ प्राप्त हुने पिन नम्बरलाई प्रमाणित गरी रजिस्ट्रेसन गरेपछि यसको प्रयोग गर्न सकिनेछ । रासस

The post नेपाल टेलिकमका सिमकार्ड प्रयोग गर्नेहरुलाई खुशीको खबर, पहिलोपटक आयो यस्तो अफर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.