नेपाललाई विश्व सामु चिनाउने ‘सिक्का बाबा’लाई समस्या …

भाद्र २६, २०७४-कास्की हेम्जाका ४८ वर्षीय रामबहादुर परियार सिक्का बाबाका नामले परिचित छन् । विश्वका २०६ मुलुकका सिक्का पहिरनमा टाँसेर नेपाल यात्रामा छन् ।

विश्वशान्तिको सन्देश छर्ने उद्देश्यले यात्रामा निस्केको ८ वर्ष बितिसक्दासमेत उनले नेपालबाहिर भ्रमणमा निस्कन सकेका छैनन् ।

उनले आर्थिक समस्याले विश्व भ्रमणको सुरुवात गर्न नसकेको बताए । ‘नेपालमा सबैको सहयोगले जिल्ला भ्रमण गर्न सकें’ सुर्खेतमा भेटिएका उनले भने, ‘विश्वका सबै मुलुकका सिक्का पहिरनमा टाँसेर यात्रामा निस्किने रहर अझ पूरा गर्न सकिएको छैन् ।’

स्वदेशको यात्रामा विशेषगरी नेपाल प्रहरी र यातायात समितिले पूर्ण सहयोग गरेको बताए । उनी जिल्ला भ्रमणका बेला प्रहरीका स्थानीय यूनिटमा खाने बस्ने गर्दछन् ।

त्यस्तै, यातायात समितिले ‘फ्रि–पास’ उपलब्ध गराएको छ । विभिन्न देशका सिक्काहरु पहिरनमा टाँसेर यात्रामा निस्किँदा असुरक्षा हुने हुँदा आफू प्रहरीको सम्पर्कमै रहने गरेको उनले सुनाए । होटलमा बस्दा लुटिने, ज्यान खतरामा हुने हुँदा प्रहरीकै आवास प्रयोग गर्ने गरेको बताए ।

विश्व यात्राका लागि राहदानी बनाउन आफूले धेरै दु:ख झेलेको अनुभव सुनाए । ‘चार वर्ष भयो बल्ल राहदानी बन्यो । राहदानीका लागि गृह मन्त्रालय धाउँदा–धाउँदा हैरान भइयो’, उनले भने, ‘भिसाका लागि आवेदन दिने प्रक्रियामा छु ।’

‘सिक्का बाबा’ले टोपीमा राष्ट्रिय झण्डा पहिर्‍याएका छन् । त्रिशुलमा पनि सिक्का टाँसेका छन् । ‘गिनिज बुक’मा नाम लेखाएर किर्तिमानी कायम गर्ने उद्देश्यले यात्रामा निस्कन लागेको उनको भनाई छ ।

कास्कीका रामबहादुर परियार ‘सिक्का बाबा’ सुर्खेतमा । २०६ देशका सिक्काहरु पहिरनमा टाँसेर उनी विश्व भ्रमणको तयारीमा जुटेका छन् । kantipur.ekantipur

The post नेपाललाई विश्व सामु चिनाउने ‘सिक्का बाबा’लाई समस्या … appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.