उत्तर कोरियाले दियो डर लाग्दो चेतावनी :अमेरिका भन्ने देश पूरै लोप हुनेछ

काठमाडौं, २६ भदौ — आफूविरुद्धको प्रतिबन्ध कायमै राखेमा अमेरिकाले ‘ठूलो पीडा र दुःख बेहोर्नुपर्ने’ र ‘ऊ सदाका लागि लोप हुने’ भन्दै उत्तर कोरियाले चेतावनी दिएको छ ।

सोमवार उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले जारी गरेको वक्तव्यमा त्यहाँको विदेश मन्त्रालयले अमेरिकामा आक्रमणको शृंखला नै चलाउने चेतावनी दिएको छ । प्योङयाङविरुद्ध लगाइएको प्रतिबन्धको प्रतिशोधस्वरूप यस्तो कारवाही गर्ने उसले चेतावनी दिएको हो ।

‘अमेरिकाले उत्तर कोरियाको आणविक शक्तिलाई निस्तेज पार्ने दिवास्वप्न देखेर आफ्नो हिंस्रक प्रकृतिलाई उजागर गर्दै गर्दा उत्तर हात बाँधेर बस्दैन,’ वक्तव्यमा लेखिएको छ ।

उत्तरले भदौ १८ गते छैठौं आणविक परीक्षण गरेको थियो । अन्तर्महादेशीय क्षेप्यास्त्रमा फिट गर्न सकिने सानो हाइड्रोजन बम आफूले परीक्षण गरेको उत्तरले बताएको थियो ।

यसअघि उसले लामो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो र अमेरिकाको आँकलनअनुसार उक्त क्षेप्यास्त्र त्यहाँको पश्चिमी तटमा पुग्ने देखिएको छ ।

अमेरिकाको सैन्य कारवाहीबाट बच्नका लागि आणविक हतियार कार्यक्रम आफूहरूले विकास गरेको प्योङयाङको दाबी छ । वाशिङटन चाहिँ उत्तर कोरियाले आणविक र रकेट प्रविधि विकास गरेर युद्धको भिख मागेको बताउँछ ।

एजेन्सी

The post उत्तर कोरियाले दियो डर लाग्दो चेतावनी :अमेरिका भन्ने देश पूरै लोप हुनेछ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.