नायक राजबल्लभ कोइरालाले रोजे जीवन संगिनी, को हुन् उनी ?

काठमाडौं, १९ भदौ । नायक राजबल्लभ कोइरालाले जीवन संगिनी रोजेका छन् । कोइरालाले आइतबार झापाकी प्रतिमा विमलीसँग इन्गेजमेन्ट गरेका हुन् । विमली पेसाले इन्जिनियर हुन् । उनी अमेरिकाको मेड्ट्रोनिकमा जागिर गर्छिन् ।

कास्की निवासी नायक राजबल्लभ विगत आधा दशकभन्दा बढी समयदेखि अमेरिका बस्दै आएका छन् । हलिउड फिल्म ‘हाइवे टु धम्पुस’ खेल्न अमेरिका गएका उनी त्यसपछि नेपाल फर्केनन् ।

सिनेमा खेल्न आउनुअघि उनी रेडियो उद्घोषकका रूपमा पोखरामा चर्चित थिए । उनी कास्कीकोे पोखरा एफएममा ब्रेक फेल नामक हाँस्य कार्यक्रम सञ्चालन गर्थे । राजवल्लभले अभिनय गरेको पहिलो चलचित्र ‘पर्खिबसे’ हिट चयो । सोही चलचित्रमार्फत उनी रजतपटमा स्थापित भएका हुन् ।

त्यसपछि उनले हाँसीदेउ एकफेर, राघव, हे युवा, दिवानापन, सम्झना, गुरुदक्षिणा, पहिलो पहिलो माया, छाडिगए पाप लाग्ला, कसम हजुरको, मसान, अपवाद, कोही त छ, सो सिम्पल, ऋतुलगायत डेढ दर्जन बढी नेपाली चलचित्रमा अभिनय गरेका छन् ।

The post नायक राजबल्लभ कोइरालाले रोजे जीवन संगिनी, को हुन् उनी ? appeared first on Taja nepali news.

http://ift.tt/2eTGkMv
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.