काठमाडौं, २० भदौ । आफूले जन्म दिने छोराले सार्वजनिक रूपमा अश्लील गालीगलौजको भिडियो राखेपछि कुन चाहिँ आमाको मन रोला र ? अहिले यस्तै तनावमा परेकी छन् काठमाडौं घट्टेकुलोकी रोजु अधिकारी । रोजुले छोरा सानो हुँदा राम्रो र असल मान्छे बनाउने सपना देखेकी थिइन् । बढ्दै जाँदा उनका छोरा साकार अधिकारी गीत संगीतमा लागे । उनी चर्चामै आएका ¥यापर हुन् । साकार आफूलाई रेली यम बुद्ध ठान्छन् । ¥यापर यम बुद्धले केही समयअघि मात्रै बेलायतमा आत्महत्या गरेका थिए । नेपालमा गीत संगीतमा क्रियाशील हुँदा साकार सामान्य अवस्थामा थिए ।
त्यसपछि उनी अस्टे«लिया पुगे । अहिले उनी अस्टे«लयाको न्युटनमा बस्छन् । विस्तारै उनलाई सिजोफ्रेनिया रोग समात्यो । यो रोग लागेपछि साइकोपाथ, तनाव र डिप्रेसन हुन्छ । विस्तारै मान्छेमा आत्महत्याको सोच बढ्ने चिकित्सकहरूको भनाइ छ । साकारको अहिले मानसिक सन्तुलन गुमिसकेको उनको परिवार र साथीहरूको भनाइ छ । यतिखेर उनले दिनहुँजसो अश्लील भिडियो सामाजिक सञ्जालमा राख्ने गरेका छन् । जसमा आफ्नो आमा र बहिनी तथा साथीभाइलाई गालीगलौज गरेको सुन्न सकिन्छ ।
त्यति मात्र होइन, उनले ढंग र बेढंगका कुरा गर्दै आएका छन् । उनले फेसबुकमा घरपरिवारले आफ्नो इच्छालाई साथ नदिएको, साथीभाइले उपचार गराउन हस्पिटल लान खोजेको जस्ता स्टाटस लेखेका छन् । कहिले प्रधानमन्त्री र प्रचण्डलाई गोली हान्ने धम्की दिने, अश्लील शब्द बोल्ने, ¥यापर लाउरेलाई कट्टा हान्दिन्छु भन्ने, बेलायतकी महारानी एलिजावेथलाई अश्लील शब्द बोल्ने, एलिजावेथले अस्टे«लियामा ठूलो क्षेत्रफलमा भेडा पालेको छ, त्यो हटाएर यहाँ नयाँ नेपाल बनाउनु पर्छ भन्ने जस्ता भिडियो फेसबुकमा राखेका छन् ।
जसलाई यतिखेर उनका साथीहरूले भाइरल बनाएका छन् । आफ्नो छोराको यस्तो हर्कतपछि अधिकारी परिवार निकै ठूलो तनावमा परेको छ । कतिसम्म भने उनकी आमा रोजुले फेसबुकमा साह्रै मार्मिक शब्द लेखेकी छन् । ‘मान्छे मरेपछि लास ल्याउन मद्दत पु¥याउनु हुने सम्पूर्ण अस्टे«लियामा बस्नु हुने नेपाली महानुभावहरू के मेरो छोरा साकार अधिकारीलाई जिउँदै नेपाल ल्याइदिन सक्नु हुन्छ ? म हारें,’ उनले लेखेकी छन् । रोजुको स्टाटस हेर्दा छोरा साकारलाई सुधार्न धेरै प्रयास गरेको, तर असफल भएको बुझ्न सकिन्छ । सोही कारण उनले अस्टे«लियामा बस्ने नेपालीहरूसँग मर्नुअघि नै छोरालाई नेपाल फर्काइदिन गुहार गरेकी छन् । रोजु अधिकारी साहित्यिक तथा समाजसेवामा क्रियाशील छिन् । भिडियो
The post अस्ट्रेलिया बस्ने र्यापर छोराले सामाजिक सञ्जालमा अश्लील भिडियो राखेपछि आमा तनावमा, नेपाल ल्याइदिन गुहार (भिडियो रिपोर्ट) appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J 

Post a Comment
Thanks.