यी हुन् बलिउडका सबैभन्दा धनी १० हिरोइन, कस्को सम्पति कति ?

काठमाडौं, २६ भदौ । बलिउडका नायिकाहरु एउटै फिल्मबाट करोडौं कमाउँछन् । फिल्मका कमाई बाहेक उनीहरुले अन्य स्रोतबाट पनि आम्दानी गर्छन । यही कारण उनीहरुको आम्दानी धेरै हुन्छ । हेर्नुहोस् बलिउडका १० धनी नायिका र उनीहरुको सम्पतीः

१०. मल्लिका शेरावत

बलिउडकी हट नायिका मध्येकी एक नायिका मल्लिका शेरावतसँग १० मिलियन डलर सम्पत्ति छ । आजभोलि उनी फिल्ममा भने फाट्टफुट्ट मात्र देखिने गरेकी छन् ।

९. अमृता राव

बलिउड अभिनेत्री अमृता राव ले धेरै फिल्म भने खेलेकी छैनन तर पनि सम्पत्ति भने कोही भन्दा कम छैन । उनीसँग २० मिलियन डलर सम्पत्ति रहेको एक रिपोर्टले देखाएको छ ।

८. प्रियंका चोपडा

बलिउडबाट हलिउडसम्म आफ्नो अभिनयको छाप छोड्ने अभिनेत्री प्रियंका चोपडा ८ मिलियन डलरकी धनी छन । उनी फिलमको अलावा विक्षापनमा धेरै देखिन्छिन ।

७. दीपिका पादुकोन

बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने नायिका दीपिका पादुकोण बलिउडकै टप नायिकामा पर्छिन । २००७ देखि आफ्नो करियर सुरु गरेकी दीपिकासँग २० मिलयिन डलर सम्पत्ति रहेको बताइन्छ ।

६. काजोल

बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने नायिका मध्ये एक काजोल फिल्ममा भने कम नै आउने गरेकी छन । तर सम्पत्तिको मामलामा भने धेरै नै अगाडि छन । काजोलसँग १८ मिलियन डलर सम्पति भएको बताइएको छ ।

५. करिश्मा कपूर

करिश्माले धेरै वर्षदेखि फिल्म खेलेकी छैनन तर पनि सम्पतिको मामलामा धनी छन । उनीसँग १२ मिलयन डलर सम्पति रहेको बताइएको छ ।

४ प्रिति जिन्टा

प्रिति जिन्टा पनि पैसाको मामलामा कोही भन्दा कम छैनन । उनको सम्पति ३० मिलयन डलर को नजिक भएको एक रिपोर्टमा जनाइएको छ । प्रिति आजभोलि फिल्मबाट टाढा नै छन तर पनि पैसाको मामलामा कम छैनन । अभिनयको अलावा प्रिति पंजाव किंग्स एलेभेन को धनी पनि हुन ।

३. माधुरी दीक्षित

९० को दशकमा बलिउडमा राज गर्ने नायिका माधुरी दीक्षित पनि ३५ मिलियन डलरको धनी छन । माधुरी आज पनि एउटा फिल्मको ४ करोड लिन्छिन ।

२. अमिषा पटेल

फिल्म कहो ना प्यार है’ बाट आफ्नि फिल्मि करियर सुरु गरेकी बलिउड अभिनेत्री अमिषा ३० मिलियन डलरको मालिक्नी छन । १ सय २५ फिल्ममा काम गरिसकेकी अमिषाको आफ्नै फिल्म निर्माण कम्पनी छ ।

१ ऐश्वर्या राय बच्चन

सुन्दरताको लागि संसारमा चिनिएकी ऐश्वर्या बलिउडकी सबैभन्दा धनी हिरोइनमा गनिन्छिन । एक रिपोर्टका अनुसार ऐश्वर्या ३५ मिलियन डलरको मालिक्नी छन । आज पनि ठूला घरानाका निर्देशक उनीसँग फिल्म गर्न चाहिरहेका छन । एजेन्सी

The post यी हुन् बलिउडका सबैभन्दा धनी १० हिरोइन, कस्को सम्पति कति ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.