बाफरे कति महंगो पानी ! पूरै घरबारी बेच्दा पनि एक लीटर आउँदैन

एजेन्सी, भारतीय क्रिकेटर विराट कोहलीले झण्डै १ हजार रुपैँया लीटर पर्ने पानी पिउँछन् भन्दा सबै आश्चर्यमा पर्छन् । यहाँ एकदिनमा मानिसहरु दिनमा ५ सय कमाउँदैनन् । तर एक क्रिकेटरले लीटरकै १ हजार रुपैँया पर्ने पानी पिउने कुरा सुन्दा हामी जो कोहीलाई चकित त पार्छ नै ।

तर उनले १ हजार रुपैँया पर्ने पानी पिउनु स्वभाविकै हो किनकी उनको हातमा सारा विज्ञापन छ, त्यसमाथि सफल क्रिकेटर हुन् । त्यसैपनि उनी आफ्नो शरीरको अति नै ख्याल गर्छन् । विराटले पिउने पानी एविएन सिधै फ्रान्सबाट आउँछ । उनी जहाँ जान्छन्, यहि पानी पिउँछन् । उनले पिउने पानी फ्रान्सको प्राकृतिक स्रोतबाट आउँछ । जो मिनरलले भरिपूर्ण छ ।

विराटले पिउने पानीको चर्चा भन्दा अझै चर्चा गर्ने विषय पनि छ । त्यो हो मिनरल वाटरको बोतलको मुल्य । जसको मूल्य सुन्नुभयो भने पनि तपाई हाम्रो होस उड्न सक्छ । आउनुहोस् सबै भन्दा महंगा पानीका बोतलको बारेमा जानकारी लिनुहोस् । जुन पानी परेमा हाम्रो घरबारी बेच्दा पनि पुग्दैन ।

१. वीन
यो पानी फिनल्याण्डमा बन्छ । यो पानी विश्वको महंगो पानी हो । यो पानीलाई विश्वकै सबैभन्दा शुद्ध पानी मानिन्छ । यो पानी ७५० एमएलको २३ डलर पर्छ । हाम्रो जस्तो देशका सर्वसाधारणले यो पानी पिउन कल्पना भन्दा टाढाको कुरा हो । तर शौखिन धनाढ्यको लागि भने केहि पनि होइन ।

२. ब्लिंग एच टू ओ
यसको स्लोगन नै छ ‘यो पानी होइन एच टू ओ हो ।’ स्लोगनबाटै थाहा हुन्छ यो पनि महंगो पानी हो । यो पानी ७५० एमएलको ४० डलर पर्छ । सामान्य आय भएका मानिसको लागि त यो पानी पिउनु असम्भव नै छ ।

३. फिलिको
यो पानीको बोतल नै अनौठो हुन्छ । चेसको राजा–रानी जस्तो बोतलमा पाइने यो पानी लीटरको २१९ डलर पर्छ । यो पानी जापानमा बन्छ । हाम्रो लागि त यो पानी पिउनु मजाकको विषय जस्तो लाग्छ ।

४. कोना निगारी वाटर
यो पानीको नाम नै खतरनाक जस्तो लाग्छ । यो पनि जापानमै बन्छ । यो पानीको मूल्य ७५० एमएलको ४०२ डलर पर्छ ।

५ एक्वा डी क्रिस्टलो ट्रिबुडो ए मोडीग्लिएनी
यो पानीको नाम नै हामीले त सम्झन सक्दैनौ होला । यो नामको मात्र हैन दामको पनि भारी छ । यो विश्वको सबैभन्दा महंगो पानी हो । यो पानीको मूल्य लीटरको ६०,००० डलर पर्छ । यो पानी राख्ने बोतल नै सुनले बनेको हुन्छ । सुन बाहेक त्यसमा बहुमुल्य हिरा मोती पनि जडिएको हुन्छ । यो पानी पिउनको लागि त सामान्य आय भएका मानिसले आफ्नो पूरै घरबारी बेच्दा पनि खरिद गर्न सक्दैन ।

The post बाफरे कति महंगो पानी ! पूरै घरबारी बेच्दा पनि एक लीटर आउँदैन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.