नेपाल आइडल रोकेकोमा न्यायधिसलाई धन्यवाद दिँदै माग्नेबुढाले भने, रेडियोमा पनि नेपाली गीत रोक्नु पर्छ…

काठमाडौं, २२ भदौ । हाँस्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ले नेपाल आइडललाई अन्तरिम आदेश दिने न्यायधिसमाथि व्यंग्य प्रहार गरेका छन् । नेपाल आइडल विरुद्ध अधिवक्ता यज्ञमणि न्यौपानेले काठमाडौं जिल्ला अदालतमा हालेको रिटमा बुधबार न्यायधिस दिवाकार भट्टको एकल इजालाशले शुक्रबार १० बजेसम्म भोट गन्न–नगनाउन अन्तरिम आदेश दिएको थियो ।

अदालनको आदेशपनि माग्नेले व्यंग्य गर्दै आडल रोकेकोमा न्यायधिस भट्टलाई धन्यवाद दिएका छन् । उनले नेपाले नेपाली फिल्म, नेपाली गीत, नेपाली च्यानल पनि बन्द गर्नुपर्ने भन्दै व्यंग्य प्रहार गरेका छन् । उनले अन्त्यमा न्यायधिस भट्टलाई फुलपातिका दिनबाट रिलिज हुने चलचित्र ‘छक्का पञ्जा २’ हेर्न म्याडमलाई समेत लिएर आउन आग्रह गरेका छन् ।

माग्नेबुढाले के लेखेका छन् ?

न्यायाधिस ज्यु, नेपाल आइडल रोक्नुभएकोमा धन्यवाद !

रोक्नै पर्छ, अब सिनेमा हलमा पनि विदेशी फिल्म मात्र लगाउन पाउने व्यस्वस्था गर्नुपर्छ । रेडियोमा पनि नेपाली गीत रोक्नु पर्छ । टिभी खोल्नासाथ बिदेशी च्यानलहरु सरर आउनुपर्छ ।

सानो बजारका कारण विज्ञापन नपाएर ‘मर्न लागेको स्याल ’ जस्तो अनुहार परेको नेपाली च्यानल त आउँदै नआओस । यही मेरो चाहना छ । मेरो बच्चालाई ‘पख पख’ भन्दा बुझ्दैन तर ‘रुक रुक’ भन्यो भने एकैचोटी बुझ्छ । म यसैमा गर्व गर्छु । देश भनेको भूगोल हो । भाषा जावो के होर ? ब्रिटिसले अंग्रेजी बोलेर बेलायत चलाएकै छन् ।

भारत हिन्दीले चलेकै छ । कति भुटानीले अर्काको देशमा गएर अंग्रेजी बोलेर जिवन चलाएकै छन् । हाम्रा सन्ततीले पनि कुनै न कुनै भाषा बोलेर जिन्दगी चलाइहाल्छन नि । यो निर्णय गर्दा हजुरले एकदमै विवेक प्रयोग गर्नुभएको छ ।

यस्ता नेपाली गीत गाउने झ्याउरे कार्यक्रमलाइ त खोजि खोजि बन्द गर्नु पर्छ । अन्तमास् फुलापातिका दिन छक्का पन्जा २ हेर्न म्याडमलाई पनि लिएर आइसेला चुले निम्तो ।

The post नेपाल आइडल रोकेकोमा न्यायधिसलाई धन्यवाद दिँदै माग्नेबुढाले भने, रेडियोमा पनि नेपाली गीत रोक्नु पर्छ… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.